नेभिगेशन
सबै कुरा

विपदपछि संकटग्रस्त घोषणा गरिएका पालिकालाई १ करोड दिइने, उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

काठमाडौँ । हालैको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरुलाई १ करोडसम्मको राहत उपलव्ध गराइने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ पालिकाहरुलाई तीन समूहमा बर्गिकरण गर्दै रु ५० लाख देखि १ करोडसम्मको राहत दिने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

जसअनुसार पहिलो समूहमा परेका ९ वटा स्थानीय तहलाई रु १ करोड, दोश्रो समूहमा परेका १२ स्थानीय तहलाई रु ७५ लाख र तेश्रो समूहमा परेका ५० स्थानीय तहलाई रु ५० लाखका दरले राहत उपलव्ध गराउन सिफारिस गर्ने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए । 

बैठकले स्थानीय तहलाई राहत रकम खर्च गर्नका लागि सरल प्रक्रिया बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले बिपद् तथा खोज कार्यलाई प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर लगाएत अन्य उपकरणको व्यवस्थापनका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण राष्ट्रिय परिषद्मा सिफारिस गर्ने निर्णय गरेको अधिकारीले बताए । बैठकले हालैको मनसुनका कारण मृत्यु भएका व्यक्तिको परिवारका एक जना व्यक्तिको बीमा गर्न पनि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

त्यस्तै बैठकले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनको बैठकमा नीजि क्षेत्रलाई पनि सहभागीता गराउने निर्णय गरेको छ भने पश्चिम नेपालमा गएको भूकम्पपछिको बाँकी रहेका पूननिर्माणका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...