नेभिगेशन
सबै कुरा

विपदपछि संकटग्रस्त घोषणा गरिएका पालिकालाई १ करोड दिइने, उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

काठमाडौँ । हालैको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरुलाई १ करोडसम्मको राहत उपलव्ध गराइने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ पालिकाहरुलाई तीन समूहमा बर्गिकरण गर्दै रु ५० लाख देखि १ करोडसम्मको राहत दिने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

जसअनुसार पहिलो समूहमा परेका ९ वटा स्थानीय तहलाई रु १ करोड, दोश्रो समूहमा परेका १२ स्थानीय तहलाई रु ७५ लाख र तेश्रो समूहमा परेका ५० स्थानीय तहलाई रु ५० लाखका दरले राहत उपलव्ध गराउन सिफारिस गर्ने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए । 

बैठकले स्थानीय तहलाई राहत रकम खर्च गर्नका लागि सरल प्रक्रिया बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले बिपद् तथा खोज कार्यलाई प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर लगाएत अन्य उपकरणको व्यवस्थापनका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण राष्ट्रिय परिषद्मा सिफारिस गर्ने निर्णय गरेको अधिकारीले बताए । बैठकले हालैको मनसुनका कारण मृत्यु भएका व्यक्तिको परिवारका एक जना व्यक्तिको बीमा गर्न पनि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

त्यस्तै बैठकले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनको बैठकमा नीजि क्षेत्रलाई पनि सहभागीता गराउने निर्णय गरेको छ भने पश्चिम नेपालमा गएको भूकम्पपछिको बाँकी रहेका पूननिर्माणका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।
एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई...
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...