नेभिगेशन
सबै कुरा

नेपालसँग घरेलु टोली अमेरिका पराजित

काठमाडाैँ । पहिलो टी- २० आई खेलमा नेपालसँग घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान अमेरिकास्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो। नेपालको जितमा दिपेन्द्रसिंह ऐरीको ३ विकेट महत्वपूर्ण रह्यो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमा समेटिदा नतिजा नेपालको पक्षमा परेको हो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक -एक विकेट लिए। 

Extreme Energy

अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन - तीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दिपेन्द्रसिंहको एलबीडब्ल्युमा शून्य रनमा आउट भए ।

९ विकेटको क्षतिमा १६४ रन बनाएको नेपालका लागि कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगफल दिए । यस्तै दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, अनिल शाह र आसिफ शेखले समान २७ - २७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।