नेभिगेशन
सबै कुरा

भेपमा लुकाएर गरिएकाे ९ केजी सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीको सोधपुछ

१६ असाेज, काठमाडाैँ : विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाराजगञ्जस्थित केन्द्रिय कार्यालयमा बोलाएर सीआईबीले महरासँग ९ किलो भेप प्रकरणमा सोधपुछ गरेको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।

Extreme Energy

दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । 

तर सीआईबीको अनुसन्धानले सुन आयातकर्ता मध्ये कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरा भएको देखाएपनि उनीहरुसँग सामान्य सोधपुछ समेत गरेको थिएन् ।

तस्करी गरेर ल्याउँदै गरेको सुन विमानस्थल भन्सार बाट चोरेर ९ करोडमा विक्री गर्ने ६ जना भने कारागार चलान भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।