नेभिगेशन
सबै कुरा

सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ । पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पुर्याएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी ठगीको प्रतिशोधपूर्ण र नियोजित मुद्दा बनाएर आफ्नो गल्ती ढाक्न सरकार लागि परेको ठहर गर्दै रास्वपा सडकमा उत्रिएको हो ।सभापति लामिछाने माथिको धरपकडलाई नेताहरूले परम्परागत भ्रष्ट नेता र पार्टी विरुद्ध बोल्दाको प्रतिशोध साँधेको र वैकल्पिक राजनीतिक शक्ति मास्ने प्रपञ्च गरिएको आरोप लगाएका छन् । 

Ncell
Extreme Energy

काङ्ग्रेस र एमालेका केही नेताको भ्रष्टाचार आचरण र राजनीति दाउमा परेपछि रास्वपा माथि नियोजित षड्यन्त्र गर्न खोजिएको भन्दै नेताहरूले आफूहरूको साथमा उभिइन देश विदेशमा रहेको सबैमा अपिल समेत गरेका छन् । 

रविले न्याय पाउनेमा न्यायालयमाथि विश्वास रहे पनि सरकारमाथि विश्वास गर्ने ठाउँ नरहेको नेताहरूले बताए ।  पोखरामा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै उपसभापति डीपी अर्यालले रास्पवाका लागि सरकार मरेको र अब जनता र न्यायलयसँग मात्रै आशा बाँकी रहेको बताए । 

‘राजनीतिक प्रतिशोध साध्नकै लागि सभापति र रास्वपा विरुद्ध नियोजित आक्रमण भएको छ,’ उपसभापति अर्यालले भने,‘ हामी कानुनलाई सघाउँछौँ, न्यायलयप्रति विश्वस्त छौँ हामीले न्याय पाउँछौँ । तर, छेडखानीको सम्भावना कायमै छ । खबरदारी छोड्दैनौँ ।’ 

सोही विरोध सभालाई सम्बोधन गर्दै अर्का उपसभापति डा। स्वर्णिम वाग्लेले  रास्वपा सिध्याउन भ्रष्टहरू कम्मर कसेर लागेको भन्दै उनीहरु विरुद्ध एक भएर लड्ने बेला आएको बताए । ‘ युवाहरुलाई देशबाट लखेटेर भ्रष्टहरूको शासन चलाउन खोज्नेहरू रास्वपाबाट अत्तालिएका छन्,’ डा। वाग्लेले भने, ‘उनीहरु विरुद्ध देश विदेशमा भएका सबै सचेत र युवाहरू एकजुट भएर अन्तिम धक्का दिनुपर्नेछ ।’

सभालाई सम्बोधन गर्दै सहप्रवक्ता मनिष झाले रास्वपा विरुद्ध लाग्नेहरू सक्किने बताए । रास्वपा र सभापतिको न्यायका लागि आफू रगत बगाउन र शहीद हुन तयार रहेको तर अन्याय, अत्याचार र भ्रष्टहरूको प्रतिशोध विरुद्ध छाती थाप्ने उनले बताए । 

प्रधानमन्त्री केपी ओली र काङ्ग्रेसका महामन्त्री गगन थापले  नियोजित रुपमा आफ्नो राजनीति बचाउन रास्वपा र रवि विरुद्ध प्रतिशोध साधेको नेता झाले बताए ।  

रास्वपाको इमान्दारीतामाथि प्रश्न गर्ने गगन थापालाई उनले आफ्नै अनुहार र पार्टीतर्फ हेर्न चेतावनी समेत दिए । रास्वपाको आन्दोलनमा सत्तारुढबाट घुसपैठको सम्भाबना रहेको भन्दै उनले त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी दिए ।

रास्वपाका अर्का नेता एवम् पूर्वमन्त्री बिराजभक्त श्रेष्ठले रास्वपामाथिको गिद्दे नजरको प्रतिकार गर्ने बताए । रास्वपा अब एक सुन्दर नेपालको आन्दोलन भएको भन्दै उनले सरकारको प्रतिशोध शैह्य नहुने बताए । 

पोखरामै भएको विरोधसभामा बोल्दै रास्वपा सांसद हरी ढकालले यो देश केपी ओली र आरजु राणाको मात्रै नभएको बताए । रास्वपा माथिको धरपकड र प्रतिशोध फिर्ता नभए त्यो उनीहरुको हितमा नहुने उनको चेतावनी थियो । पोखरामा भएको विरोधसभामा हजारौँका संख्यामा नेता कार्यकर्ता रविको न्यायका लागि भेला भएका थिए । विरोध सभाको नेतृत्व रास्वपा उपसभापति डीपी अर्यालले गरेको पार्टीले जनाएको छ । 

यता, काठमाडौँको माइतीघर मण्डालामा पनि रास्वपाले विरोध प्रर्दशन गरेको छ । माइतीघरबाट सुरु भएको विरोध कार्यक्रम नयाँबानेश्वर पुगेर पुनः माइतीघर फर्किएर कोण सभामा परिणत भएको थियो । 

विरोध कार्यक्रममा बोल्दै नेताहरु शिशिर खनाल, अनिल केशरी शाह, गणेश कार्की,क्रान्तिशिखा धिताल, प्रदीप विष्ट, मेघ आले र मिलन लिम्बु लगायतले सम्बोधन गरेका थिए । 

उनीहरुले रवि लामिछानेलाई गलत प्रतिशोध साँधेर हजारौँ सहकारी पिडितको रकम फिर्ता नगर्न प्रपञ्च रचेको बताए । पूर्वमन्त्री एवम् सांसद शिशिर खनालले पार्टी र सभापतिमाथि अन्याय भएको बताए । राज्यले प्रतिशोधपूर्ण व्यवहार देखाएर पार्टी सभापति लामिछानेलाई जेल हालेको भन्दै उनले त्यसको विरुद्ध एक हुनुपर्ने बताए ।

‘सहकारी ठगीमा कुनै संलग्नता नरहेको अवस्थामा सभापतिलाई धरपकड गरिएको छ । संसदीय समितिले कुनै प्रमाण नभेटेको अवस्थामा सभापति माथि अन्यायपूर्ण व्यवहार गरिएको छ,’ नेता खनालेले भने, ‘हामी एक ठाउँमा जुटौँ अन्यायपूर्ण कार्यको प्रतिवाद गरौँ ।’ 

उनले रवि विरुद्धको धरपकडको गाउँ टोल देखि शहरसम्मबाट प्रतिवाद गर्न आवश्यक भएको बताए । अर्का नेता गणेश कार्कीले विधिको शासनको विरुद्ध गएर केही गर्न खोजिए प्रतिवाद हुने चेतावनी दिए । 

यस्तै नेतृ क्रान्तिशिखा धितालले बंगलादेशमा आन्दोलनले हशिना आमा लखेटिएको भन्दै यता बा लखेटिने परिस्थिति निर्माण भएको बताईन । काठमाडौमा भएको विरोध सभाको समन्वय सहमहामन्त्रीद्धय सुमना श्रेष्ठ र वीपिन अाचार्यले गरेका थिए ।

कार्यवहाक महामन्त्री बुर्लाकोटीकाअनुसार शनिबार देशका १३ प्रमुख सहर र सबै जसो जिल्ला सदरमुकाममा रास्वपाले सडक प्रर्दशन गरेको छ । सुर्खेत, कालिकोट, रुकुम पश्चिम, कञ्चनपुर, कैलाली, बाँके, बुटवल, पोखरा,काभ्रे, सुनसरी, झापा, वीरगञ्ज  लागायतका सहरमा पार्टी सभापतिको न्यायका लागि प्रर्दशन भएको उनले जानकारी दिए ।    


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...