नेभिगेशन
सबै कुरा

जिल्ला अदालतमा रविको म्याद थप हुँदै गर्दा पाेखरामा के-के भयो ?  

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राख्नु नपर्ने बहस रविका कानुन व्यवसायीहरूले गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता नारायण घिमिरेले यस्तो बहस गरेका हुन् । 

Ncell
Extreme Energy

सहकारी छानबिन सम्बन्धी  संसदीय समितिको प्रतिवेदनमा गोरखा मिडियाको कार्यकारी भूमिकामा को थियो र कम्पनी कानुनले के भन्छ भन्ने सामान्य ज्ञानको कुरासमेत उल्लेख नभएको अधिवक्ता पन्तको जिकिर थियो । 


सहकारीको रकम अपचलन सम्बन्धमा समितिले स्पष्ट किटान गरेर को को संलग्न थिए भन्ने कुरा यकिन गरिसकेको अवस्थामा रवि लामिछानेलाई पक्राउ गरेर सो अभियोग लगाउनु जायज नभएको अधिवक्ताद्वयले बहसमा भने । 

सहकारी ठगीका कुनै पनि प्रक्रियामा संलग्न नै नरहेको व्यक्तिलाई पक्राउ गरिनु र हिरासतमा राखिनु गलत भएको उनीहरूको जिकिर थियो ।    

प्रमाण नष्ट गर्ने वा भाग्ने सम्भावना रहेको अवस्थामा मात्रै थुनामा राखेर अनुसन्धान गर्नु पर्ने भन्दै अधिवक्ताद्वयले लामिछाने सम्लग्न नै नभएकाे कसुरमा उनलाई  थुनामा राख्न नहुने माग गरे । लामिछानेकोतर्फबाट अधिवक्ता डा.नारायण कडेल, यज्ञामणि न्यौपाने लगायतले बहस गरेका थिए । 

इजलासमा जिल्ला सरकारी वकिलकाे तर्फबाट एक जनाले बहस गरेका थिए। उनले अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न माग गरेका थिए ।

न्यायाधीश  दाहालले सभापति लामिछानेसँग एकल सम्वाद गरेपछि केही बेरमा म्याद थपकाे आदेश आएको थियो। जसअनुसार कास्की प्रहरीलाई अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ। शुक्रबार देखि लागुहुने गरी अदालतले ६ दिनकाे म्याद दिएकाे छ ।

साे म्याद बुधबारसम्म कायम रहन्छ। लामिछानेलाई अदालतमा पुर्याइँदा पाेखराकाे शहीद चाेक क्षेत्रमा भने रास्वपाका नेता कार्यकर्ताले विराेध प्रदर्शन गरिरहेका थिए।


*घटनाक्रम अनुसार समाचारकाे हेडलाइन परिवर्तन गरिएकाे छ।  -सम्पादक 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संघीय सरकारको एक महिनाको राजस्व असुली लक्ष्यभन्दा बढी भएको भन्दै खुसी व्यक्त गरेका छन्।