नेभिगेशन
सबै कुरा
पाेखरामा रास्वपा आन्दोलन

वृद्ध आमालाई अङ्गालो हालेर सुमनाले भनिन्: आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि

पोखरा । पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्दोलनमा छ। राजनीतिक प्रतिसोध साँधेर आफ्नो सभापति पक्राउ गरेको भन्दै केन्द्रिय नेता देखि कार्यकर्ता र पार्टीलाई माया गर्ने शुभचिन्तकहरू यतिबेला पोखरामा भेला भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि लामिछाने पक्राउको तीन दिन पछि आइतबार उनलाई जिल्ला अदालतमा पेश गरिदै थियो । त्यसअघि नै रास्वपा आफ्नो सभापतिको न्यायको माग गर्दै शहीद चोकको चौतारो र सडकमा भरिइसकेका थिए । 

Ncell
Extreme Energy

हजारौँ समर्थक बीच शान्तिपूर्ण प्रदर्शन भइरहँदा एक्कासि ११ बजे जिल्ला प्रशासनले कार्यक्रम स्थलमा निषेधाज्ञा जारी ग¥यो । 

रास्वपाका उच्च नेताहरूलाई आन्दोलन गरिरहेको स्थान खाली नगरे बल प्रयोग हुने खबर गरियो । सो खबर आफ्नो कानमा परे लगत्तै रास्वपा सह महामन्त्री एवम् पूर्व शिक्षामन्त्री र प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले  आन्दोलनको भिडतर्फ हेरिन ।

एकजना वृद्ध आमा रविको न्यायका लागि भन्दै आफ्नो भिडमा होस्टेमा हैसे गरिरहेकी थिइन । प्रशासनले बल प्रयोग गर्ने सूचना र आन्दोलनमा होमिएकी वृद्ध आमालाई देखेर सुमनाले पार्टीका युवा नेताहरूलाई वृद्ध अशक्तहरूलाई तत्काल ख्याल गर्न निर्देशन गरिन् र आफू चौतारोबाट हामफालिन् । 

ति वृद्ध आमाको नजिक पुगिन । आमाले हात जोड्दै भनिन् ‘एकै जनालाई कति पटक दुःख दिएको ?  कत्ति दुःख दिएको ? म पनि लड्न आएको, तिमीहरूलाई कति दुःख दिएको, केही गर्छु भनेर आएकाहरूलाई ?’ सुमना भावुक बनिन् । वृद्ध आमालाई अङ्गालो हालिन । 

उनले आमालाई सम्झाउँदै भनिन् ‘आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि...’ 

सुमनाले पार्टीका नेताहरूलाई तत्काल आमालाई सुरक्षित ठाउँमा पठाइन् । त्यसको केही बेरमै प्रहरीले शहीद चोकमा अश्रुग्यास र पानीको फोहरा वर्षायो । 

नेतृ सुमनासँगै रहेकी रास्वपा सांसद बिनिता कठायतकाअनुसार वृद्ध आमा रविको न्यायका लागि आन्दोलनमा आएकी थिइन । 

‘रविलाई भेट्छु भन्दा भन्दै मेरो श्रीमान् बित्नु भयो,’ ति वृद्ध आमाको भनाई उदृत गर्दै कठायतले भनिन् ,‘म पनि रविलाई भेट्न चाहन्छु । उनको न्यायका लागि लड्न चाहन्छु । म सबैलाई आन्दोलनमा सहभागी भइदिन अनुरोध पनि गर्छु ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला...
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...