नेभिगेशन
सबै कुरा
गिरीबन्धुको गेटबाट झापाका रास्वपा नेता

‘रविलाई खालिदा जिया बनाउन खोजे हसिनाको हालत बनाउँछौँ’ 

झापा । पार्टी सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोधमा रास्वपाले देशैभर प्रदर्शन गरिरहेको छ । र्याली र कोणसभा सहित बिभिन्न स्वरूपका कार्यक्रमहरू गरिरहेको रास्वपाले झापामा भने पृथक शैलीमा विरोध प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहुचर्चित गिरीबन्धु टि स्टेटको मुख्य गेटबाट रास्वपा झापाले निलो क्रान्तिको सुरुवात गरेको हो । वर्तमान सत्ता गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको एक काण्डको गेटैबाट सरकार र त्यसको नेतृत्व कर्ताहरूलाई खबरदारी गरेको रास्वपा झापाले जनाएको छ ।

Ncell
Extreme Energy


२ किलोमिटरको ¥यालीपछि बुट्टाबारीमा रहेको टीस्टेटको मुख्य गेट अगाडि रास्वपाले खबरदारी सभा गरेको थियो । सभालाई सम्बोधन गर्दै रास्वपा झापाका उपसभापति प्रकाश पाठकले गिरीबन्धु र भुटानी शरणार्थीको नाजायज सम्बन्धबाट जन्मिएको वर्तमान सरकार, जनताको नभई माफिया र घुसखोरीको सरकार भएको आरोप लगाए । जनमुखी सरकार जनताको मुद्दामा केन्द्रित हुने भन्दै उनले रवि लामिछानेमाथिको दमनको मूल्य सरकारले चुकाउनु पर्ने बताए । 


खालिदा जियामाथिको दमन र प्रतिशोधको मूल्य शेख हसिनाले चुकाउनु परेको उल्लेख गर्दै पाठकले त्यसका लागि रातो क्रान्तिमा होमिनु पर्ने समय समेत नजिकिएको उल्लेख गरे । 

विरोध सभालाई सम्बोधन गर्दै रास्वपा झापाका नेता प्रेम खनालले भ्रष्ट सरकारले आफ्ना नेताका काण्ड लुकाउन रवि लामिछानेलाई पक्राउ गरेको बताए । आफ्नो भाग खोस्न जन्मिएको मात्र नभई आफूहरूले ३ दशकदेखि गर्दै आएको हालिमुहाली सकिने आँकलनसहित काँग्रेस एमालेका नेता आत्तिएको जिकिर गरे ।


प्रधानमन्त्री हुन लायक नभएको व्यक्ति कार्यकारी पदमा पुग्नु नै नेपाल र नेपालीको दुर्दशा भएको उनको टिप्पणी थियो । रास्वपा कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारीले असली भ्रष्टलाई राज्यले संरक्षण गर्दै जागिरे व्यक्तिलाई पक्राउ गर्नु हाँस्यास्पद भएको बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...