नेभिगेशन
सबै कुरा
गिरीबन्धुको गेटबाट झापाका रास्वपा नेता

‘रविलाई खालिदा जिया बनाउन खोजे हसिनाको हालत बनाउँछौँ’ 

झापा । पार्टी सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोधमा रास्वपाले देशैभर प्रदर्शन गरिरहेको छ । र्याली र कोणसभा सहित बिभिन्न स्वरूपका कार्यक्रमहरू गरिरहेको रास्वपाले झापामा भने पृथक शैलीमा विरोध प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहुचर्चित गिरीबन्धु टि स्टेटको मुख्य गेटबाट रास्वपा झापाले निलो क्रान्तिको सुरुवात गरेको हो । वर्तमान सत्ता गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको एक काण्डको गेटैबाट सरकार र त्यसको नेतृत्व कर्ताहरूलाई खबरदारी गरेको रास्वपा झापाले जनाएको छ ।

Extreme Energy


२ किलोमिटरको ¥यालीपछि बुट्टाबारीमा रहेको टीस्टेटको मुख्य गेट अगाडि रास्वपाले खबरदारी सभा गरेको थियो । सभालाई सम्बोधन गर्दै रास्वपा झापाका उपसभापति प्रकाश पाठकले गिरीबन्धु र भुटानी शरणार्थीको नाजायज सम्बन्धबाट जन्मिएको वर्तमान सरकार, जनताको नभई माफिया र घुसखोरीको सरकार भएको आरोप लगाए । जनमुखी सरकार जनताको मुद्दामा केन्द्रित हुने भन्दै उनले रवि लामिछानेमाथिको दमनको मूल्य सरकारले चुकाउनु पर्ने बताए । 


खालिदा जियामाथिको दमन र प्रतिशोधको मूल्य शेख हसिनाले चुकाउनु परेको उल्लेख गर्दै पाठकले त्यसका लागि रातो क्रान्तिमा होमिनु पर्ने समय समेत नजिकिएको उल्लेख गरे । 

विरोध सभालाई सम्बोधन गर्दै रास्वपा झापाका नेता प्रेम खनालले भ्रष्ट सरकारले आफ्ना नेताका काण्ड लुकाउन रवि लामिछानेलाई पक्राउ गरेको बताए । आफ्नो भाग खोस्न जन्मिएको मात्र नभई आफूहरूले ३ दशकदेखि गर्दै आएको हालिमुहाली सकिने आँकलनसहित काँग्रेस एमालेका नेता आत्तिएको जिकिर गरे ।


प्रधानमन्त्री हुन लायक नभएको व्यक्ति कार्यकारी पदमा पुग्नु नै नेपाल र नेपालीको दुर्दशा भएको उनको टिप्पणी थियो । रास्वपा कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारीले असली भ्रष्टलाई राज्यले संरक्षण गर्दै जागिरे व्यक्तिलाई पक्राउ गर्नु हाँस्यास्पद भएको बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।