नेभिगेशन
सबै कुरा

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको विरोध प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले विरोध प्रदर्शन चर्काएको छ । सहकारी प्रकरण देखाएर राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै सोमबार पनि पोखरा र चितवनमा प्रदर्शन भैरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन चिफ्लेढुंगातिर अघि बढेको छ । ठुलो संख्यामा सहभागी भएपनि आजको प्रदर्शन शान्तिपूर्ण देखिएको छ । प्रदर्शनका क्रममा सहभागीहरुले प्लेकार्ड सहित  पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद,रवि दाई हाइ हाई लगायतका नारा लगाइरहेका छन् । 

Ncell
Extreme Energy

चितवनमा पनि आजबाट प्रदर्शन सुरु भएको छ । लामिछानेको निर्वाचन क्षेत्रमा अबको प्रदर्शन चर्काउने रास्वपा चितवनका नेताहरुले बताएका छन् । लामिछानेलाई शुक्रबार सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालयबाटै गिरफ्तारी दिएका थिए । उनलाई आइतबारबाट अनुसन्धानका लागि कास्की जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...