नेभिगेशन
सबै कुरा

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको विरोध प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले विरोध प्रदर्शन चर्काएको छ । सहकारी प्रकरण देखाएर राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै सोमबार पनि पोखरा र चितवनमा प्रदर्शन भैरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन चिफ्लेढुंगातिर अघि बढेको छ । ठुलो संख्यामा सहभागी भएपनि आजको प्रदर्शन शान्तिपूर्ण देखिएको छ । प्रदर्शनका क्रममा सहभागीहरुले प्लेकार्ड सहित  पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद,रवि दाई हाइ हाई लगायतका नारा लगाइरहेका छन् । 

Extreme Energy

चितवनमा पनि आजबाट प्रदर्शन सुरु भएको छ । लामिछानेको निर्वाचन क्षेत्रमा अबको प्रदर्शन चर्काउने रास्वपा चितवनका नेताहरुले बताएका छन् । लामिछानेलाई शुक्रबार सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालयबाटै गिरफ्तारी दिएका थिए । उनलाई आइतबारबाट अनुसन्धानका लागि कास्की जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।