नेभिगेशन
सबै कुरा

सरकारी संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

Ncell
Extreme Energy

मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्याङ्कन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिनेछ ।

समितिको बैठकमा दिइएको  जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयेदेखि बन्द र रुग्ण छन् । यसैगरी उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, सङ्घीय संसद् अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समितिका सदस्य राजन केसी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयका सचिवलगायत सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।
एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई...
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...