नेभिगेशन
सबै कुरा

५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर

पोखरा। मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले असिनपसिन अनुहार।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार पोखराको अमरसिंह चोकदेखि पृथ्वीचोकतर्फ बढिरहेको लामो ताँतीको बीच भागमा भेटिएका एक अधबैँसे युवक हुन् झापाका युधिर बस्नेत। 

Ncell
Extreme Energy


सरकारले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि देशभरबाट पार्टी समर्थक, रवि लामिछाने समर्थक र स्वतन्त्र युवाहरू सरकारको विरोध गर्न पोखरा पुगेका छन्।

दैनिक हजारौँको सङ्ख्यामा उत्रिएका युवाहरूको भिडमा छन् झापाका युधिर। अशक्त शरीर बोकेर राज्यले रवि लामिछानेप्रति प्रतिसोध साँधेको भन्दै उनी झापादेखि आन्दोलनकै लागि पोखरा आए ।  

देशको सुदूर पूर्वबाट मध्यभागमा रहेको पोखरामा करिब ५ सय ८० किलोमिटर बढी यात्रा पार गरेर पोखरा आएका बस्नेत मङ्गलबार करिब ४ घण्टासम्म पैदल गरेर सरकारको विरोध कार्यक्रममा सहभागी भए । असिनपसिन अवस्थामा भेटिएका उनले आफू न्यायका लागि पोखरा आएको बताए । 

‘म न्यायका लागि पोखरा आएको हुँ,’ बस्नेतले भने, ‘यो देशमा अराजकता बढ्यो,सुशासन भएन, हामी जनताले न्याय पाएनौँ । यो प्रतिशोधपूर्ण भयो भनेर आएको ।’

यतिबेला देशमा २ तिहाइको सरकार भए पनि सरकारले भ्रष्टाचार रोक्न असफल भएको तर भ्रष्टहरूलाई बचाउन रविलाई पक्राउ गरेर थुनामा राखेको उनको बुझाई छ ।

‘ठिक छ रवि लामिछानेले सहकारी ठगेका रहेछन् भने उनलाई पनि कारबाही गर्नुपर्छ तर त्यो भन्दा ठूलाठूला भ्रष्टाचार गर्नेहरूलाई सरकारले किन केही गरेन रु’ उनले प्रश्न गरे,‘अरु पनि पक्राउ गर्न पर्यो। सरकारी ओहोदामा बस्ने कर्मचारी, सरकारमा आसीन नेताहरूले भ्रष्टाचार गर्दा रमिते बन्ने अनि रवि लामिछानेलाई चाहिँ जबरजस्ती पक्राउ गर्ने ? यो सिधै प्रतिसोध भएन ?’ यो त हामीले तिरेको करको दुरुपयोग भयो ।'

अशक्त शरीर बोकेर यति लामो दूरीबाट आएर यति धेरै पैदल यात्रा गरिरहनुभएको छ, कहिलेसम्म लड्ने ? भन्ने हाम्रो प्रश्नमा उनले  भने 'सरकार लँगडो भएर आफ्नो लँगडो शरीरले दुख पाएको हाे । म त लँगडो भएको लामो समय भयो । शरीरलाई सहने बानी परिसक्यो । तर, सरकार लँगडो भयो अहिले मसँगै ३ करोड जनता पनि यस्तै हुन्छन् । सरकारलाई म जस्तो नबन भन्न पनि म आफ्नो शरीरलाई दुख दिनुपर्यो नि,’ उनले मलिन र सानो स्वरमा हामीसँग आक्रोश मिश्रित दुखेसो पोखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...