नेभिगेशन
सबै कुरा

पोखरामा रविमाथि राजनीतिक प्रतिशोधको विरोधमा उर्लियो जनसागर (फाेटाे/भिडियाे )

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा विरोध प्रदर्शन जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विरोध कार्यक्रमको ५ औँ दिन पोखरामा रविको न्यायका लागि भन्दै जनसागर उर्लिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीकाअनुसार आज पोखराको सृजना चोकमा विरोध प्रदर्शनको कार्यक्रम तय भएको थियो । सो अघि पोखराका विभिन्न स्थानबाट शान्तिपूर्ण र्याली सृजना चोकमा भेला भएको थियो । 


रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डीपी) का अनुसार बुधबारको प्रदर्शनमा पोखरेलीहरुको बाक्लो सहभागिता छ । रविको न्यायका लागि भन्दै रास्वपा गण्डकी प्रदेश, कास्की जिल्ला र छिमेकी जिल्ला, पालिका देखि वडासम्मकै नेता कार्यकर्ता तथा सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा विरोध कार्यक्रममा सहभागी भएका छन् । साथै पार्टीका विभिन्न विभागका सदस्यहरू र शुभचिन्तकहरू पनि विरोध कार्यक्रममा सहभागी छन् । 


आइतबार देखि रवि विरुद्ध प्रतिशोध साँधिएको विरोधमा पोखराका सहकारी  पीडितहरू पनि सहभागी भएका छन् । उनीहरूले सहकारी ठगी रविले गरेको नभई राज्यले गरेको बताएका छन् । उनीले राज्यले रवि माथि प्रतिशोध साँधेर आफूहरूले न्याय नपाउने भन्दै विरोध कार्यक्रममा सहभागी भएको बताउँदै आएका छन् । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...