नेभिगेशन
सबै कुरा

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

पोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।    

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने उद्देश्यसहित बयानमा ढिलासुस्ती गरेपछी लामिछानेले बुधबार बयान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा आफू बसेको कुर्सी नछोड्ने अडान लिएका हुन् । 

Ncell
Extreme Energy

कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो । स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुनः बयान हुने भनियो । रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई भनेका थिए ।

‘उनीहरु बयान गराउन नमानीकन उठ्न खोजे । त्यसपछि रविले म तयार छु, समय छ । प्रश्न भए सकौँ भने तर उनीहरु मानेनन्,’ स्रोत भन्छ ‘मलाई हिजो पनि दिनभरी सरकारी वकिल कार्यालय लगेर अलमल मात्रै गरेर राखियो । आज पनि दिनभरी बयान हुन्छ हुन्छ भन्दा भन्दै ३ बजेबाट सुरु गरेर जम्मा ३ वटा प्रश्न गरेर आज समय सकियो भनियो ।’ 

रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् । उनलाई मङ्गलबार बयानका लागि सरकारी वकिल कार्यालय पु¥याईएको थियो । तर, आज जिल्ला प्रहरी कार्यालयकै अर्को कक्षामा उनको बयान गराइँदै थियो । गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पु¥याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो । 

जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ । बयान सकिए पछि अदालतमा म्याद थपका लागि अन्य बाहना नहुने भएपछि ढिला सुस्तीको प्रयास भएको लामिछानेले आफ्ना वकिलहरुलाई बताएका छन् । 

यस विषयमा बुझ्न कास्कीका प्रहरी प्रमुख श्याम ओलियालाई जिज्ञासा राख्दा उनले प्रवक्तासँग सोध्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् रवि लामिछानेमाथि छानबिनको नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘आज सामान्य सोधपुछ भएको हो । अन्य विषय मलाई जानकारी भएन,’ उनले सिधाकुरासँग भने।

साे विषयमा जानकारी लिन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जिल्ला न्यायधिवक्त्ता कमला काफ्लेलाई पटक -पटक सम्पर्क गर्दा पनि उनकाे फाेन उठेन ।  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...