नेभिगेशन
सबै कुरा

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

पोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।    

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने उद्देश्यसहित बयानमा ढिलासुस्ती गरेपछी लामिछानेले बुधबार बयान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा आफू बसेको कुर्सी नछोड्ने अडान लिएका हुन् । 

Extreme Energy

कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो । स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुनः बयान हुने भनियो । रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई भनेका थिए ।

‘उनीहरु बयान गराउन नमानीकन उठ्न खोजे । त्यसपछि रविले म तयार छु, समय छ । प्रश्न भए सकौँ भने तर उनीहरु मानेनन्,’ स्रोत भन्छ ‘मलाई हिजो पनि दिनभरी सरकारी वकिल कार्यालय लगेर अलमल मात्रै गरेर राखियो । आज पनि दिनभरी बयान हुन्छ हुन्छ भन्दा भन्दै ३ बजेबाट सुरु गरेर जम्मा ३ वटा प्रश्न गरेर आज समय सकियो भनियो ।’ 

रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् । उनलाई मङ्गलबार बयानका लागि सरकारी वकिल कार्यालय पु¥याईएको थियो । तर, आज जिल्ला प्रहरी कार्यालयकै अर्को कक्षामा उनको बयान गराइँदै थियो । गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पु¥याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो । 

जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ । बयान सकिए पछि अदालतमा म्याद थपका लागि अन्य बाहना नहुने भएपछि ढिला सुस्तीको प्रयास भएको लामिछानेले आफ्ना वकिलहरुलाई बताएका छन् । 

यस विषयमा बुझ्न कास्कीका प्रहरी प्रमुख श्याम ओलियालाई जिज्ञासा राख्दा उनले प्रवक्तासँग सोध्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् रवि लामिछानेमाथि छानबिनको नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘आज सामान्य सोधपुछ भएको हो । अन्य विषय मलाई जानकारी भएन,’ उनले सिधाकुरासँग भने।

साे विषयमा जानकारी लिन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जिल्ला न्यायधिवक्त्ता कमला काफ्लेलाई पटक -पटक सम्पर्क गर्दा पनि उनकाे फाेन उठेन ।  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...