नेभिगेशन
सबै कुरा

रवि लामिछानेको बयान लिन ढिलासुस्ती गरेको प्रहरीले थप समय माग्दै अदालत लैजाने तयारी

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक कास्की जिल्ला अदालतमा लैजाँदैछ । शुक्रबार पक्राउ परेका लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न दिइएको समय सकिएपछि प्रहरीले आज थप समयमा माग्न लामिछानेलाई अदालत लैजाने तयारी गरेको छ । प्रहरीले लामिछानेको बयान नसकिएको भन्दै थप समय माग गर्ने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर प्रहरीले १२५ घण्टासम्म थुनामा राख्दा ४-५ घण्टा मात्रै बयान गरेको भन्दै रास्वपाले आपत्ती जनाएको छ। पोखरामा विहीबार बिहान पत्रकार सम्मेलन गर्दै रास्वपाका उपसभापति डा स्वर्णीम वाग्लेले बयान नसकिएको बहाना देखाएर धेरै दिन थुन्ने मनसायका साथ प्रहरीले बयानमा ढिलाई गरेको बताए ।

Ncell
Extreme Energy

यस अघि बुधबार प्रहरीले दिउसो ३ बजे मात्रै बयान सुरु गरेर जम्मा ३ वटा मात्रै प्रश्नपछि आजलाई बयान सकियो भन्दै प्रहरी उठेपछि लामिछानेले बयानकक्षमा विरोध जनाएका थिए । उनले आफू बयान दिन तयार रहेको, समय पनि पर्याप्त भएकाले बयानमा सोध्नु पर्ने सबै प्रश्न सोध्न आग्रह गरेका थिए । तर प्रहरीले भने तयारी नपुगेको बहाना देखाएर बयान रोकेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...