नेभिगेशन
सबै कुरा

रवि लामिछानेको बयान लिन ढिलासुस्ती गरेको प्रहरीले थप समय माग्दै अदालत लैजाने तयारी

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक कास्की जिल्ला अदालतमा लैजाँदैछ । शुक्रबार पक्राउ परेका लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न दिइएको समय सकिएपछि प्रहरीले आज थप समयमा माग्न लामिछानेलाई अदालत लैजाने तयारी गरेको छ । प्रहरीले लामिछानेको बयान नसकिएको भन्दै थप समय माग गर्ने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर प्रहरीले १२५ घण्टासम्म थुनामा राख्दा ४-५ घण्टा मात्रै बयान गरेको भन्दै रास्वपाले आपत्ती जनाएको छ। पोखरामा विहीबार बिहान पत्रकार सम्मेलन गर्दै रास्वपाका उपसभापति डा स्वर्णीम वाग्लेले बयान नसकिएको बहाना देखाएर धेरै दिन थुन्ने मनसायका साथ प्रहरीले बयानमा ढिलाई गरेको बताए ।

Extreme Energy

यस अघि बुधबार प्रहरीले दिउसो ३ बजे मात्रै बयान सुरु गरेर जम्मा ३ वटा मात्रै प्रश्नपछि आजलाई बयान सकियो भन्दै प्रहरी उठेपछि लामिछानेले बयानकक्षमा विरोध जनाएका थिए । उनले आफू बयान दिन तयार रहेको, समय पनि पर्याप्त भएकाले बयानमा सोध्नु पर्ने सबै प्रश्न सोध्न आग्रह गरेका थिए । तर प्रहरीले भने तयारी नपुगेको बहाना देखाएर बयान रोकेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...