नेभिगेशन
सबै कुरा

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी, जम्मा हुन प्रहरीको अघोषित रोक

काठमाडौँ । राजनीतिक प्रतिशोध राखेर सभापतिलाई पक्राउ गरेको भन्दै रास्वपा पोखरामा गरिरहेको प्रदर्शन आज जारी छ । लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि अदालत पुर्याएको छ भने रास्वपाका नेता कार्यकर्ता तथा लामिछानेका समर्थक अहिले पोखराको वाई चोकमा धर्नामा बसेका छन् । वाई चोक भनेका राष्ट्र बैक, रत्न चोक र शहीद चोककोबिचमा पर्छ । बुधबार ठुलो संख्यामा प्रदर्शन भएपछि आज भने रास्वपा नेता कार्यकर्ता तथा समर्थकलाई प्रदर्शन स्थलमा जान प्रहरीले रोक लगाएको छ । औपचारिकरूपमा रोक लगाएको नभने भने विभिन्न सडकमा ग्रुपमा जम्मा भएर हिँडेका नेता कार्यकर्ताहरूलाई प्रहरीले फिर्ता गराएको छ । वाई चोकमा जाने अधिकांशबाटोमा प्रहरीको बाक्लो तैनाथी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...