नेभिगेशन
सबै कुरा

सरकार विरोधी प्रदर्शनलाई लिएर प्रजिअ र एसपी सरुवा गरेकोमा रास्वपा चितवनको आपत्ती

चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शनसँग जोडेर चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरुवा गरेकोमा रास्वपा चितवनले असन्तुष्टि व्यक्त गरेको छ । गत सोमबार चितवनमा रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सांकेत शव बनाएर नारायाणी नदीमा फालेका थिए । उक्त प्रदर्शन नरोकेको भन्दै गृह मन्त्रालय चितवनका प्रमुख जिल्ला अधिकारी यादव र प्रहरी प्रमुख रिमाललाई फिर्ता बोलाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले विज्ञप्ती जारी गर्दै आफूहरुले कुनै व्यक्ति लक्षित नभई असत्यको पुत्ला नारायणीमा विसर्जन गरेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ  ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि असत्यको आवी बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिकरुपमा असत्यको पुत्ला भनाई नारायण नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा  चितवन दुख प्रकट गर्दछ ।’

Ncell
Extreme Energy

सोहि विषयलाई लिएर प्रसासन तथा सुरक्षा निकायका प्रमुख फेरेर सरकारले आफ्नो गल्ति ढाकछोप गर्दै अकर्मण्यता प्रस्तुत गरेको उल्लेख गरिएको छ । 

गृहमन्त्रालयले अहिले चितवनमा प्रमुख जिल्ला अधिकारीमा काजमा सहसचिव प्रकाश पोडेललाई पठाएको छ भने प्रहरी प्रमुखमा एसपी गौतम मिश्रलाई पठाएको छ । यस अघि प्रजिअ यादव चितवन सरुवा भएको ४ महिना मात्रै पुगेको थियो भने एसपी चितवन सरुवा भएको ७ महिना पुग्दै थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...