नेभिगेशन
सबै कुरा

सरकार विरोधी प्रदर्शनलाई लिएर प्रजिअ र एसपी सरुवा गरेकोमा रास्वपा चितवनको आपत्ती

चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शनसँग जोडेर चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरुवा गरेकोमा रास्वपा चितवनले असन्तुष्टि व्यक्त गरेको छ । गत सोमबार चितवनमा रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सांकेत शव बनाएर नारायाणी नदीमा फालेका थिए । उक्त प्रदर्शन नरोकेको भन्दै गृह मन्त्रालय चितवनका प्रमुख जिल्ला अधिकारी यादव र प्रहरी प्रमुख रिमाललाई फिर्ता बोलाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले विज्ञप्ती जारी गर्दै आफूहरुले कुनै व्यक्ति लक्षित नभई असत्यको पुत्ला नारायणीमा विसर्जन गरेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ  ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि असत्यको आवी बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिकरुपमा असत्यको पुत्ला भनाई नारायण नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा  चितवन दुख प्रकट गर्दछ ।’

Extreme Energy

सोहि विषयलाई लिएर प्रसासन तथा सुरक्षा निकायका प्रमुख फेरेर सरकारले आफ्नो गल्ति ढाकछोप गर्दै अकर्मण्यता प्रस्तुत गरेको उल्लेख गरिएको छ । 

गृहमन्त्रालयले अहिले चितवनमा प्रमुख जिल्ला अधिकारीमा काजमा सहसचिव प्रकाश पोडेललाई पठाएको छ भने प्रहरी प्रमुखमा एसपी गौतम मिश्रलाई पठाएको छ । यस अघि प्रजिअ यादव चितवन सरुवा भएको ४ महिना मात्रै पुगेको थियो भने एसपी चितवन सरुवा भएको ७ महिना पुग्दै थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...