नेभिगेशन
सबै कुरा

वातावरण संरक्षणका लागि ९ युवाहरु ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छानिए

काठमाडौं । ईयूको सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका ९ जना युवाहरुलाई ‘ग्रीनसिफ्ट एम्बेस्डर’ का लागि छनौट गरेका छन् । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेशबाट ओम न्यौपाने, आकृती सुवेदी र कृशल श्रेष्ठ, त्यस्तै लुम्बिनी प्रदेशबाट अनुशा क्षेत्री, प्रजिना आर्चाय र योगेश डुम्रे चयन भएका छन भने, मधेश प्रदेशबाट सुलभ चौरसिया, सोनाली साह र कैयुम राइन छनौट भएका छन् । करिब १ सय भन्दा बढी युवायुवतीहरुले निवेदन दिएका मध्ये ९ जना चयन गरिएको परियोजना प्रमुख युनिश घिमिरे जानकारी दिए । 

Ncell
Extreme Energy

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान र्पुयाउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्न ‘ग्रीनसिफ्ट एम्बेस्डर’हरुले स्थानीय स्तरमा क्रियाकलापहरु सञ्चालन गर्ने बताए । 

छनौट भएका ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवाहरुले आ आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन । 

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ, । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।