नेभिगेशन
सबै कुरा

चिडियाखानामा अवलोकनको लागि राखिएको हिउँचितुवा ‘कञ्चन’ (तस्विरहरु)

काठमाडाैँ । जावलाखेलकाे सदर चिडियाखानामा हिउँचितुवा अवलाेकनकाे लागि राखिएकाे छ । माेरङकाे उर्लाबारी नगरपालिकामा २०८० माघमा भेटिएकाे हिउँचितुवालाई अवलाेकनकाे लागि राखिएकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सदर चिडियाखानामा ल्याउँदाका बखतमा पछाडीको बाँया खुट्टा टेक्न असहज रहेकोमा पशु चिकित्सकको नियमित रेखदेखमा उपचार पश्चात हाल स्वस्थ रहेको हिउँ चितुवालाई अबलोकनकर्ताहरुले समेत हेर्न सक्ने गरी वातानुकुलित व्यवस्था सहितको सुरक्षित बासस्थानमा स्थानान्तरण गरिएको हाे । 

Extreme Energy

विज्ञहरुको अध्ययन बमोजिम उक्त हिउँ चितुवा पूर्व कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको उच्च हिमाली क्षेत्रबाट बाटो बिराएर तराइको उच्च धनत्वको मानव वस्ती सम्म आएको हुनसक्ने देखिन्छ । कञ्चनजघा क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिए‌को यस हिउँ चितुवाको कञ्चन नामाकरण गरिएको छ। यस सदर चिडियाखानाको इतिहासमा पहिलो पटक हिउँ चितुवाको प्रत्यक्ष अवलोकन गरी यसको बारेमा जानकारी हॉसिल गर्न र शिक्षित हुन सकिने भएको छ ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजंघा देखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्र सम्म मुख्यगरी हिमाली क्षेत्रमा पाईन्छ । नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ वटा देशहरुमा पाईने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य श्रृखलाको उच्च तहमा रहेको प्रजाति हो। नेपालमा सामान्यतया ३००० मिटर देखि ६००० मिटर सम्मको उचाईमा पाइने यस प्रजातिको हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्र तथा आसपासमा करिव १३,००० वर्ग कि मि. सम्भावित वासस्थान रहेको छ। विश्वमा यस प्रजातिको संख्या ३९२१ देखि ६२९० सम्म रहेको अनुमान छ भने नेपालमा ३०१ देखि ४०० को संख्यामा रहेको अनुमान गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

भर्खरै