नेभिगेशन
सबै कुरा

चिडियाखानामा अवलोकनको लागि राखिएको हिउँचितुवा ‘कञ्चन’ (तस्विरहरु)

काठमाडाैँ । जावलाखेलकाे सदर चिडियाखानामा हिउँचितुवा अवलाेकनकाे लागि राखिएकाे छ । माेरङकाे उर्लाबारी नगरपालिकामा २०८० माघमा भेटिएकाे हिउँचितुवालाई अवलाेकनकाे लागि राखिएकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सदर चिडियाखानामा ल्याउँदाका बखतमा पछाडीको बाँया खुट्टा टेक्न असहज रहेकोमा पशु चिकित्सकको नियमित रेखदेखमा उपचार पश्चात हाल स्वस्थ रहेको हिउँ चितुवालाई अबलोकनकर्ताहरुले समेत हेर्न सक्ने गरी वातानुकुलित व्यवस्था सहितको सुरक्षित बासस्थानमा स्थानान्तरण गरिएको हाे । 

Ncell
Extreme Energy

विज्ञहरुको अध्ययन बमोजिम उक्त हिउँ चितुवा पूर्व कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको उच्च हिमाली क्षेत्रबाट बाटो बिराएर तराइको उच्च धनत्वको मानव वस्ती सम्म आएको हुनसक्ने देखिन्छ । कञ्चनजघा क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिए‌को यस हिउँ चितुवाको कञ्चन नामाकरण गरिएको छ। यस सदर चिडियाखानाको इतिहासमा पहिलो पटक हिउँ चितुवाको प्रत्यक्ष अवलोकन गरी यसको बारेमा जानकारी हॉसिल गर्न र शिक्षित हुन सकिने भएको छ ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजंघा देखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्र सम्म मुख्यगरी हिमाली क्षेत्रमा पाईन्छ । नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ वटा देशहरुमा पाईने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य श्रृखलाको उच्च तहमा रहेको प्रजाति हो। नेपालमा सामान्यतया ३००० मिटर देखि ६००० मिटर सम्मको उचाईमा पाइने यस प्रजातिको हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्र तथा आसपासमा करिव १३,००० वर्ग कि मि. सम्भावित वासस्थान रहेको छ। विश्वमा यस प्रजातिको संख्या ३९२१ देखि ६२९० सम्म रहेको अनुमान छ भने नेपालमा ३०१ देखि ४०० को संख्यामा रहेको अनुमान गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।