नेभिगेशन
सबै कुरा

प्रतिशोध विरूद्ध रास्वपाको आन्दोलन जारी रहने, शनिबार चितवनमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । आन्दोलन स्थगित बारे केहि सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको रास्वपाका नेताहरुले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको रास्वपाले काठमाडौँ हुने आन्दोलनलाई थप सशक्त बनाउने स्वरुपका बारेमा छलफल जारी रहेपनि देशका विभिन्न जिल्लाहरुमा भने प्रदर्शन तथा मोटरसाइकल र्‍याली सहित आन्दोलन घोषणा गरेको छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार उपत्यकामा केन्द्रिय सदस्य पुकार बमको संयोजकत्वमा आन्दोलन जारी रहने छ ।

Ncell
Extreme Energy

यस्तै चितवनमा शनिबार प्रदर्शन हुने रास्वपाले जनाएको छ । चितवनको लायन्स चोकमा दिउसो १ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । यस्तै महेन्द्रनगरमा आइतबार विशाल र्‍याली गर्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।