नेभिगेशन
सबै कुरा

प्रतिशोध विरूद्ध रास्वपाको आन्दोलन जारी रहने, शनिबार चितवनमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । आन्दोलन स्थगित बारे केहि सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको रास्वपाका नेताहरुले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको रास्वपाले काठमाडौँ हुने आन्दोलनलाई थप सशक्त बनाउने स्वरुपका बारेमा छलफल जारी रहेपनि देशका विभिन्न जिल्लाहरुमा भने प्रदर्शन तथा मोटरसाइकल र्‍याली सहित आन्दोलन घोषणा गरेको छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार उपत्यकामा केन्द्रिय सदस्य पुकार बमको संयोजकत्वमा आन्दोलन जारी रहने छ ।

Extreme Energy

यस्तै चितवनमा शनिबार प्रदर्शन हुने रास्वपाले जनाएको छ । चितवनको लायन्स चोकमा दिउसो १ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । यस्तै महेन्द्रनगरमा आइतबार विशाल र्‍याली गर्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

भर्खरै