नेभिगेशन
सबै कुरा

नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अवैधरुपमा पटकाजन्य वस्तु लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा दुईवटा बोरा चेकजाँच तथा खानतलासी गर्दा काठमाडौँ महानगरपालिका–२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसालाई पटाकासहित शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रहरीले पक्राउ कसासँग पेन्टा कलेक्सन चार प्याकेट, फ्लोर सर्ट दुई प्याकेट, फ्लाइङ सर्ट तीन प्याकेट, १२ सुट पाँच प्याकेट, ३० सुट सात प्याकेट, ६० सुट दुई प्याकेट, सात कलर सुट आठ प्याकेट, कक्टेल बार दुई प्याकेट बरामद गरेको छ ।

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको नयाँबसपार्क प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।