नेभिगेशन
सबै कुरा

सल्यानबाट दाङ आउंदै गरेको जिप तुलसीपुरको साततलेमा खस्यो, २ को घटनास्थलमै मृत्यु

दाङ । तुलसीपुरको साततलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवक्ता थापाले दिएको जानकारी अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षिया टीकादेबी वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन् ।

Extreme Energy

घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ । राप्ती राजमार्ग अन्तरगत सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । 

जिप सडकबाट झन्डै तीन सय मिटर तल खसकोे छ । जिपमा चालक सहित पाँच जना यात्रु सवार थिए । घटना लगतै इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । दुर्घटनाको कारण खुली सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

भर्खरै