नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशोधविरुद्ध कीर्तिपुरमा रास्वपाकाे मौनधारण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि आफ्ना आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । रास्वपाले आज काठमाडौँको कीर्तिपुरमा राजनीतिक प्रतिशोधविरुद्ध मौनधारण गरेर विरोध गरेको हो । सो क्रममा रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सय दिनमा सरकारले पचास दिन रवि लामिछानेलाई कसरी जेल हाल्ने भन्ने विषयमा छलफल गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जनताले नयाँ आशा गरेको दलहरुलाई भड्काउने, उनीहरुलाई लछार पछार पार्ने र उनीहरुलाई खेद्ने नियतले दुई ओटा दलहरु मिल्दै गर्दा हामीले त्यतिखेरै भनेका थियौँ यो देशमा शान्ती, सुशासन र न्याय अब रहँदैन । कहिल्यै नमिल्ने दुई ठूला एक ठाउँमा मिले किनभने उनीहरु हामीले भ्रष्टाचार गर्न नपाउने भयौँ, हामीले विगतमा गरेको भ्रष्टाचारको फाइलहरु खुल्ने भयो, अब यत्तिकै छोड्यो भने रवि लामिछानेले २ महिनामा हाम्रा सारा फाइलहरु खोलेर जेल हाल्छ भनेर दुइटा ठूला दलका नेताहरुले कानेखुशी गरे, अनी सरकार बन्यो, त्यसपछिका गतिबिधिहरु हामीले दिनदिनै हेरिरहेका छौँ ।’ बुर्लाकोटीले भने, ‘यो सरकारको चानचुन सय दिनमा ५० दिन त रवि लामिछानेलाई कसरी जेल हाल्ने भन्ने विषयमा छलफल मात्रै चलेको छ । त्यसपछिको पचास दिनमा आधिउधी विदेश भ्रमणमा गएको छ ।’

Extreme Energy

उक्त कार्यक्रममा सोविता गौतम, तोसिमा कार्की लगायत नेताहरु सहभागी थिए । उनीहरुले विभिन्न पम्प्लेट बोकेर सरकारको कदमको विरोध गरेका थिए । साथै उनीहरुले वास्तविक सहकारी पीडितले न्याय पाउनुपर्ने माग राखेका छन् । 

कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । सहकारी छानबिन समितिले सहकारी ठगीमा उनको संलग्नता नभएको प्रतिवेदन दिदा पनि प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले देशका बिभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ । आज पनि चितवनको लायन्सचोकमा प्रदर्शन आयोजना गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

भर्खरै