नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशोधविरुद्ध कीर्तिपुरमा रास्वपाकाे मौनधारण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि आफ्ना आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । रास्वपाले आज काठमाडौँको कीर्तिपुरमा राजनीतिक प्रतिशोधविरुद्ध मौनधारण गरेर विरोध गरेको हो । सो क्रममा रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सय दिनमा सरकारले पचास दिन रवि लामिछानेलाई कसरी जेल हाल्ने भन्ने विषयमा छलफल गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जनताले नयाँ आशा गरेको दलहरुलाई भड्काउने, उनीहरुलाई लछार पछार पार्ने र उनीहरुलाई खेद्ने नियतले दुई ओटा दलहरु मिल्दै गर्दा हामीले त्यतिखेरै भनेका थियौँ यो देशमा शान्ती, सुशासन र न्याय अब रहँदैन । कहिल्यै नमिल्ने दुई ठूला एक ठाउँमा मिले किनभने उनीहरु हामीले भ्रष्टाचार गर्न नपाउने भयौँ, हामीले विगतमा गरेको भ्रष्टाचारको फाइलहरु खुल्ने भयो, अब यत्तिकै छोड्यो भने रवि लामिछानेले २ महिनामा हाम्रा सारा फाइलहरु खोलेर जेल हाल्छ भनेर दुइटा ठूला दलका नेताहरुले कानेखुशी गरे, अनी सरकार बन्यो, त्यसपछिका गतिबिधिहरु हामीले दिनदिनै हेरिरहेका छौँ ।’ बुर्लाकोटीले भने, ‘यो सरकारको चानचुन सय दिनमा ५० दिन त रवि लामिछानेलाई कसरी जेल हाल्ने भन्ने विषयमा छलफल मात्रै चलेको छ । त्यसपछिको पचास दिनमा आधिउधी विदेश भ्रमणमा गएको छ ।’

Ncell
Extreme Energy

उक्त कार्यक्रममा सोविता गौतम, तोसिमा कार्की लगायत नेताहरु सहभागी थिए । उनीहरुले विभिन्न पम्प्लेट बोकेर सरकारको कदमको विरोध गरेका थिए । साथै उनीहरुले वास्तविक सहकारी पीडितले न्याय पाउनुपर्ने माग राखेका छन् । 

कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । सहकारी छानबिन समितिले सहकारी ठगीमा उनको संलग्नता नभएको प्रतिवेदन दिदा पनि प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले देशका बिभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ । आज पनि चितवनको लायन्सचोकमा प्रदर्शन आयोजना गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।