नेभिगेशन
सबै कुरा

बालुवाटारबाट रास्वपाका २ सांसदसहित २३ जना नेता कार्यकर्ता पक्राउ (नामावलिसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा पक्राउ पर्ने नेता कार्यकर्ताहरूको सङ्ख्या २३ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार पौने २ बजेसम्म २ जना सांसदसहित विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू गरी २३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । बुर्लाकोटीकाअनुसार भर्खरै प्रहरीले सांसद बिन्ध्यबासिनी कंसाकारलाई पनि पक्राउ गरेको छ । यस अघि सांसद अशोक चौधरी पक्राउ परेका थिए । 

Ncell
Extreme Energy

यस्तै, रास्वपा केन्द्रिय सदस्य पुकार बम, मकवानपुर बकैया पालिका सभापति अमर दङ्गाल, हेटौँडा उपमहानगर सभापति ध्रुव बहादुर बिष्ट, बौद्धका हरिस चन्द्र लामिछाने, मकवानपुर क्षेत्रीय सभापति सुरेश थापा, ताप्लेजुङका इ वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप बिष्ट, झापाका सुरेश पोख्रेल, सिन्धुपाल्चोकका नेता ध्रुव ढकाल, काठमाडौँ ७ का नेता नवराज भण्डारी, गोरखाका प्रकाश लामिछाने र काठमाडौँका रक्षा रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस्तै, नुवाकोटका नेता साहिल प्रयास, ललितपुरका नेताहरू सबि खड्का, बुद्धरत्न महर्जन  र सुरेन्द्र अवाले पनि पक्राउ परेका छन्  । यस्तै, सिन्धुपाल्चोकका दयाराम नेपाल, उमेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । तहुका खुसिराम कैनी पनि पक्राउ परेका छन् । भक्तपुरका शैलेन्द्र खत्री र गोरखाका नवराज मुड्वरीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...