नेभिगेशन
सबै कुरा

बालुवाटारबाट रास्वपाका २ सांसदसहित २३ जना नेता कार्यकर्ता पक्राउ (नामावलिसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा पक्राउ पर्ने नेता कार्यकर्ताहरूको सङ्ख्या २३ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार पौने २ बजेसम्म २ जना सांसदसहित विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू गरी २३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । बुर्लाकोटीकाअनुसार भर्खरै प्रहरीले सांसद बिन्ध्यबासिनी कंसाकारलाई पनि पक्राउ गरेको छ । यस अघि सांसद अशोक चौधरी पक्राउ परेका थिए । 

Extreme Energy

यस्तै, रास्वपा केन्द्रिय सदस्य पुकार बम, मकवानपुर बकैया पालिका सभापति अमर दङ्गाल, हेटौँडा उपमहानगर सभापति ध्रुव बहादुर बिष्ट, बौद्धका हरिस चन्द्र लामिछाने, मकवानपुर क्षेत्रीय सभापति सुरेश थापा, ताप्लेजुङका इ वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप बिष्ट, झापाका सुरेश पोख्रेल, सिन्धुपाल्चोकका नेता ध्रुव ढकाल, काठमाडौँ ७ का नेता नवराज भण्डारी, गोरखाका प्रकाश लामिछाने र काठमाडौँका रक्षा रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस्तै, नुवाकोटका नेता साहिल प्रयास, ललितपुरका नेताहरू सबि खड्का, बुद्धरत्न महर्जन  र सुरेन्द्र अवाले पनि पक्राउ परेका छन्  । यस्तै, सिन्धुपाल्चोकका दयाराम नेपाल, उमेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । तहुका खुसिराम कैनी पनि पक्राउ परेका छन् । भक्तपुरका शैलेन्द्र खत्री र गोरखाका नवराज मुड्वरीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।
'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।