नेभिगेशन
सबै कुरा

गौशाला धर्मशाला अनुगमन पछि महानगरको निष्कर्ष ‘सामाजिक संस्थाको आवरणमा राज्यको सम्पत्तिमाथि रजगज’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशालाको अनुगमन गरेको छ। अनुगमनका क्रममा पुगेको महानगरको टोलीले मारवाडी सेवा समितिले उक्त धर्मशाला धार्मिक प्रयोजनका लागि नभई व्यवसायीका प्रयोजनका लागि ओगटेर बसेको पाइएको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार अनुगमनमा पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहकाअनुसार  मारवाडी सेवा समितिले एक सामाजिक संस्थाको आवरणमा राज्यको सम्पत्तिमाथि रजगज गरेको पाइएको बताउँछन् ।

Ncell
Extreme Energy

‘राज्यको एउटा सम्पत्ति सीमित कुरा गर्नका लागि सञ्चालन गर्न दिइए पनि कुनै एक सामाजिक संस्थाको आवरणमा व्यवसाय गरेर राज्यको सम्पत्तिमाथि रजगज गरेर, रजाइँ गरेर त्यसको गलत प्रयोग गरिनु गलत नै हो भन्ने हाम्रो बुझाई हो,’ उनले भने । 

महानगरले गरेको अनुगमनका क्रममा मारवाडी सेवा समितिले धर्मशाला भित्र व्यवसयीक लाभका लागि संरचना प्रयोग गरेको पाइएको छ । समितिले सञ्चालन गरिरहेको गौशाला, डाइलासिस सेन्टर, चमेना गृह, भोजनालयमा अनुगमन गर्दा राज्यको सम्पत्ति चरम दुरुपयोग भएको पाइएको महानगरले जनाएको छ । 

हरेक सटर ३० देखि ३५ हजारसम्म पैसा असुलेर भाडामा लगाएको, भोजनालय पनि तेस्रो व्यक्तिलाई अत्याधिक महँगो अर्थात मासिक २ लाख ७५ हजार पैसा असुलेरै सञ्चालन गर्न अनुमति दिएको पाइएको उनले बताए । 

मारवाडी समितिले लगाएका कुनै पनि सटरमा व्यवसाय गर्नेहरूले व्यवसाय दर्ता नगरेको, बहाल कर नतिरेको पाइएको छ । त्यस्तै, धर्मशालामा बस्न आउने यात्रुहरूको व्यक्तिगत पहिचान देखिने विवरणसमेत समितिले राख्ने नगरेको पाइएको पाइएको छ । यस्तै, एकदमै न्यून शुल्कमा प्रदान गर्नुपर्ने सेवा सुविधाको महँगो महसुल असुल्ने गरेको अनुगमनका क्रममा देखिएको छ । 

त्यस्तै, समितिले धर्मशालाको भवनमा सञ्चालन गरेको डाइलासिस सेन्टर पनि कानुनविपरीत रहेको महानगरले जनाएको छ । कुनै पनि डाइलासिस सेन्टर नेपाल सरकार र त्यस सम्बद्ध निकायबाट मान्यता लिएर सञ्चालन गर्नुपर्ने भएपनि धर्मशालामा सो नरहेको महानगरको भनाई छ । 

मारवाडी सेवा समितिले धर्मशाला भित्र रहेको गौशालामा २ सय हाराहारीमा गाई रहेको र त्यो गाईबाट उत्पादित १ तिहाइ दूध मात्र पशुपति मन्दिरका लागि प्रयोग हुने अन्य भने व्यक्तिको घरघरमा पठाइने गरेको पाइएको छ । उत्पादित दूधको व्यवस्थापन र भण्डारण गर्नका लागि डेरी खुलाइएको तर त्यो डेरी सञ्चालन गर्न कुनै निकायबाट अनुमति पत्र नलिएको महानगरले जनाएको छ । 

‘त्यहाँबाट दैनिक ३ सय पोका दूध उत्पादन हुने गरेको पाइएको छ । त्यसमध्ये ५० पोका पशुपतिनाथमा जाने गरेको बाँकी २ सय ५० पोका दूध व्यक्तिविशेषको घरमा पठाउने गरेको पाइएको छ’ शाह भन्छन्, ‘त्यो दूध सङ्कलन गर्न र व्यवस्थापन गर्न डेरीको सञ्चालन गरेको पाइयो तर त्यो सञ्चालन गर्न कतैबाट अनुमति लिएको छैन । जुन कानुनविपरीत छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै