नेभिगेशन
सबै कुरा

गौशाला धर्मशाला अनुगमन पछि महानगरको निष्कर्ष ‘सामाजिक संस्थाको आवरणमा राज्यको सम्पत्तिमाथि रजगज’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशालाको अनुगमन गरेको छ। अनुगमनका क्रममा पुगेको महानगरको टोलीले मारवाडी सेवा समितिले उक्त धर्मशाला धार्मिक प्रयोजनका लागि नभई व्यवसायीका प्रयोजनका लागि ओगटेर बसेको पाइएको बताएको छ । 

मङ्गलबार अनुगमनमा पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहकाअनुसार  मारवाडी सेवा समितिले एक सामाजिक संस्थाको आवरणमा राज्यको सम्पत्तिमाथि रजगज गरेको पाइएको बताउँछन् ।

Dish Home
Global Ime Bank

‘राज्यको एउटा सम्पत्ति सीमित कुरा गर्नका लागि सञ्चालन गर्न दिइए पनि कुनै एक सामाजिक संस्थाको आवरणमा व्यवसाय गरेर राज्यको सम्पत्तिमाथि रजगज गरेर, रजाइँ गरेर त्यसको गलत प्रयोग गरिनु गलत नै हो भन्ने हाम्रो बुझाई हो,’ उनले भने । 

महानगरले गरेको अनुगमनका क्रममा मारवाडी सेवा समितिले धर्मशाला भित्र व्यवसयीक लाभका लागि संरचना प्रयोग गरेको पाइएको छ । समितिले सञ्चालन गरिरहेको गौशाला, डाइलासिस सेन्टर, चमेना गृह, भोजनालयमा अनुगमन गर्दा राज्यको सम्पत्ति चरम दुरुपयोग भएको पाइएको महानगरले जनाएको छ । 

हरेक सटर ३० देखि ३५ हजारसम्म पैसा असुलेर भाडामा लगाएको, भोजनालय पनि तेस्रो व्यक्तिलाई अत्याधिक महँगो अर्थात मासिक २ लाख ७५ हजार पैसा असुलेरै सञ्चालन गर्न अनुमति दिएको पाइएको उनले बताए । 

मारवाडी समितिले लगाएका कुनै पनि सटरमा व्यवसाय गर्नेहरूले व्यवसाय दर्ता नगरेको, बहाल कर नतिरेको पाइएको छ । त्यस्तै, धर्मशालामा बस्न आउने यात्रुहरूको व्यक्तिगत पहिचान देखिने विवरणसमेत समितिले राख्ने नगरेको पाइएको पाइएको छ । यस्तै, एकदमै न्यून शुल्कमा प्रदान गर्नुपर्ने सेवा सुविधाको महँगो महसुल असुल्ने गरेको अनुगमनका क्रममा देखिएको छ । 

त्यस्तै, समितिले धर्मशालाको भवनमा सञ्चालन गरेको डाइलासिस सेन्टर पनि कानुनविपरीत रहेको महानगरले जनाएको छ । कुनै पनि डाइलासिस सेन्टर नेपाल सरकार र त्यस सम्बद्ध निकायबाट मान्यता लिएर सञ्चालन गर्नुपर्ने भएपनि धर्मशालामा सो नरहेको महानगरको भनाई छ । 

मारवाडी सेवा समितिले धर्मशाला भित्र रहेको गौशालामा २ सय हाराहारीमा गाई रहेको र त्यो गाईबाट उत्पादित १ तिहाइ दूध मात्र पशुपति मन्दिरका लागि प्रयोग हुने अन्य भने व्यक्तिको घरघरमा पठाइने गरेको पाइएको छ । उत्पादित दूधको व्यवस्थापन र भण्डारण गर्नका लागि डेरी खुलाइएको तर त्यो डेरी सञ्चालन गर्न कुनै निकायबाट अनुमति पत्र नलिएको महानगरले जनाएको छ । 

‘त्यहाँबाट दैनिक ३ सय पोका दूध उत्पादन हुने गरेको पाइएको छ । त्यसमध्ये ५० पोका पशुपतिनाथमा जाने गरेको बाँकी २ सय ५० पोका दूध व्यक्तिविशेषको घरमा पठाउने गरेको पाइएको छ’ शाह भन्छन्, ‘त्यो दूध सङ्कलन गर्न र व्यवस्थापन गर्न डेरीको सञ्चालन गरेको पाइयो तर त्यो सञ्चालन गर्न कतैबाट अनुमति लिएको छैन । जुन कानुनविपरीत छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर...
इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ...
संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

“सरकारले सो सम्बन्धमा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता गरेको छैन । जनताको आवाज नसुन्ने हो भने सरकार कसका लागि ? निर्बल, दुर्बलका लागि कि...