नेभिगेशन
सबै कुरा

के कारण कैद मिनाहा गरेको हो सरकारले जवाफ दिनुपर्छ, निर्णय गरेर भाग्न पाई‌दैन : गगन थापा

१८ भदौ, काठमाडौं । प्रतिनिधिसमा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बद्नियत राखेर कानूनका छिद्रहरु प्रयोग गरी जघन्य अपराध गर्ने व्यक्तिहरुको कैद मिनाहा गर्ने कार्य गलत भएको बताएका छन् । उनले आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधान दिवसको दिन ६७० जना कैदीको कैद मिनाहा गर्ने कार्यमा बद्नियत देखिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘संविधान दिवसको दिन कैद मिनाहा गरिएका ६७० जनामध्ये केहीको संविधानसम्मत पनि छ होला । तर फेरि एकपटक संविधानको मर्म विपरित, कानूनको छिद्रबाट बद्यितकासाथ छिरेर गमिभर अपराधको दोषी ठहर गरिएकोलाई कैद माफर िमिनाहा गरिएको छ । बद्नियतका साथ भएको यो निर्णय गलत छ । यसको बिरोध स्वभाविक छ, यसको विरोध हुन्छ । यो विषय अदालतको ढोकामा पुगेको छ । यसले हामी सबैलाई गिज्याईरहेको छ ।’

Ncell
Extreme Energy

उनले फौजदारी न्याय प्रणालीमा मानवीय त्रुटीबाट हुनसक्ने गलत फैसलालाई सुधार गर्न ‘कानून बमोजिम’ शब्द राखेर दिइएको सुविधाको गलत प्रयोग भएको बताए । ‘२०६८ सालमा ६ जनाको हत्या गर्नेलाई माफी दिइयो । बलात्कारको अभियुक्तलाई माफी दिइयो । अदालतले कानून बनाउ भनेर बोल्यो । संविधान निर्मापछि २०७४ सालमा हामीले यही संसदबाट कानून बनायौँ । २०७५ बाट यो कानून लागू भयो । कानून लागू भईसकेपछि अस्तीसम्म कैद मिनाहा पाएको संख्या ६ हजार ७ सय ४६ जनाले यो सुविधाको उपयोग गर्न पाइसकेका छन् ।’ उनले भने, ‘कैलेकाहीँ फैजदारी न्याय प्रणालीमा मानबीय त्रुटी हुनसक्छ, कमजोरी हुनसक्छ, कसैलाई अन्याय परेको हुनसक्छ । अपराधी भनेर सजाय दिइयो तर पछि यति बलियो प्रमाण फेला पर्छ कि जसको आधारमा त्यो फैसला गलत थियो भन्ने आउँछ । यस्ता कारणले हामीले हाम्रो संविधानमा यस्तो व्यवस्था गरेका हौँ । तर यहाँ कानून विपरित सजाय माफी भईरहेको छ ।’

थापाले हालका प्रमुख प्रतिपक्षी नेकपा एमाले सरकारको नेतृत्व गर्दा २०७६ मा पनि कानून मिचेर यस्ता निर्णयहरु गरेको बताएका छन्  जसको विरोध गर्दा आफ्नो माइक काटिएको समेत उनले उल्लेख गरे । उनले सरकारले यसको कारणबारे जवाफ दिनुपर्ने बताएका छन् । ‘निर्णय आफू गरेर भागन पाईदैन । यत्रो सार्वजनिक प्रश्न उठेको छ । यसको बारेमा जवाफ दिनुपर्छ ।’ 

यसमा आर्थिक चलखेल समेत जोडिने भएकोले त्यसतर्फ ध्यान दिन थापाले आग्रह गरेका छन् । उनले कानूनको अपब्याख्या हुन नपाउने गरी स्पष्ट व्यख्याको माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...