नेभिगेशन
सबै कुरा
कुकुर तिहार :

अपराध नियन्त्रण तथा अनुसन्धानमा अब्बल नेपाल प्रहरीको कुकुरको पूजा (तस्विरहरु)

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार, कुकुरको पूजा गरी मनाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।

Extreme Energy

यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ।

प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रकी निर्देशक डिआईजी देउती गुरुङले अरु दिन नियमित काम र अभ्यास गर्ने कुकुर तिहारको एक दिन विशेष पूजा गरिने बताइन्। उनले प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पालेको जानकारी दिइन्।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...