नेभिगेशन
सबै कुरा

‘हाम्रा छोरा-छोरीहरु रवि र बालेनको समर्थनमा लागिरहेका छन्, हामीले रोक्न सकिरहेका छैनौँ’ सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ। सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै सन्तानहरूलाई रवि र बालेनको समर्थन गर्नबाट रोक्न नसकेको स्वीकार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार एमालेको बागमती प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै नेता गुरुङले यस्तो धारणा राखेका हुन् । उनले रवि लामिछाने र बालेनको समर्थनमा एमाले नेताका छोराछोरी लागेको र त्यसलाई रोक्न नसकिएको बताए ।

Ncell
Extreme Energy

रविको समर्थनको जुलुसमा एमाले नेताहरू छोराहरू गएको र एमाले नेताका छोरीहरू रविको पछि लागेको बताए । यस्तै, उनले बालेनको साइबर समूहमा एमाले नेताहरू छोराहरू रहेको बताए । 

आफ्नै छोराछोरीहरू आफ्नो बुबा आमाको पार्टीप्रतिको विश्वासमा नरहेको कुरा पार्टी नेता कार्यकर्ताले ध्यान दिनु पर्ने पनि उनले बताए । ‘हाम्रा छोराहरु रविको समर्थनको जुलुसमा छन् ।  छोरीहरू रवि र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दै हिँडेका छन् । उता छोराहरू बालेनको साइबर समूहमा छन्,’ सञ्चारमन्त्री गुरुङले भने, ‘त्यहाँ हाम्रो नेताहरुको ध्यान पुगिरहेको छैन् । ’

कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीको भातृ विद्यार्थी सङ्गठन कमजोर भएको पनि बताए । नयाँ आउने विद्यार्थीहरू र युवाहरूका लागि पार्टी जोड्ने संयन्त्र कमजोर हुँदा पुराना पार्टीहरुप्रति युवा पुस्ता जोडिन नसकेको उनको चिन्ता थियो ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै