नेभिगेशन
सबै कुरा

‘हाम्रा छोरा-छोरीहरु रवि र बालेनको समर्थनमा लागिरहेका छन्, हामीले रोक्न सकिरहेका छैनौँ’ सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ। सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै सन्तानहरूलाई रवि र बालेनको समर्थन गर्नबाट रोक्न नसकेको स्वीकार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार एमालेको बागमती प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै नेता गुरुङले यस्तो धारणा राखेका हुन् । उनले रवि लामिछाने र बालेनको समर्थनमा एमाले नेताका छोराछोरी लागेको र त्यसलाई रोक्न नसकिएको बताए ।

Extreme Energy

रविको समर्थनको जुलुसमा एमाले नेताहरू छोराहरू गएको र एमाले नेताका छोरीहरू रविको पछि लागेको बताए । यस्तै, उनले बालेनको साइबर समूहमा एमाले नेताहरू छोराहरू रहेको बताए । 

आफ्नै छोराछोरीहरू आफ्नो बुबा आमाको पार्टीप्रतिको विश्वासमा नरहेको कुरा पार्टी नेता कार्यकर्ताले ध्यान दिनु पर्ने पनि उनले बताए । ‘हाम्रा छोराहरु रविको समर्थनको जुलुसमा छन् ।  छोरीहरू रवि र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दै हिँडेका छन् । उता छोराहरू बालेनको साइबर समूहमा छन्,’ सञ्चारमन्त्री गुरुङले भने, ‘त्यहाँ हाम्रो नेताहरुको ध्यान पुगिरहेको छैन् । ’

कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीको भातृ विद्यार्थी सङ्गठन कमजोर भएको पनि बताए । नयाँ आउने विद्यार्थीहरू र युवाहरूका लागि पार्टी जोड्ने संयन्त्र कमजोर हुँदा पुराना पार्टीहरुप्रति युवा पुस्ता जोडिन नसकेको उनको चिन्ता थियो ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...