नेभिगेशन
सबै कुरा

आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । सन्देशमा भनिएको छ, “तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु ।”

Extreme Energy

तिहार हिन्दू धर्मालम्बीहरूको बाहुल्य भएका नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकहरूमा तामझामका साथ मनाइन्छ । नेपालीहरू अन्य देशमा बसोबास गर्नेको सङ्ख्या बढेसँगै विभिन्न देशहरूमा तिहारलाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरिएको छ ।

यमपञ्चकमा काग, कुकुर, गाई–गोरु आदिको पूजा गरिने भएकाले तिहारलाई जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रूपमा लिइन्छ । साथै दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्धलाई बलियो बनाउन विशेष भूमिका निभाएकाले यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो”, सन्देशमा भनिएको छ, “तिहारजस्ता पर्वले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण गर्न मद्दत गर्ने विश्वास लिएको छु ।“

तिहार नेपालीहरू र विशेषतः नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरूमध्ये एक हो । यो पर्व नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...