नेभिगेशन
सबै कुरा

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उनले तरकारीखेती सुरु गरेका हुन् । अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ”, उनले भने, “बाँकी पन्ध्र कट्ठा जग्गा लिज (भाडा) मा लिएर तरकारीखेती गर्दै आएका छौँ ।” बारीमा उत्पादित तरकारी बेचेर वर्षमा रु पाँच लाखदेखि रु सात लाखसम्मको आम्दानी हुने गरेको उनी बताउँछन् ।

Extreme Energy

बर्सातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभेँडा, फर्सी, खुर्सानी, आलु, तीतेकरेला लगायतको खेती गर्छन् । जेठ वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्छन् । योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उनले बिक्री गर्ने कार्य पनि गर्दै आएका छन् । उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ । “उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ”, उनले भने, “बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पु¥याएर बिक्री गर्छौं ।”

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन् । घरमै बेरोजगार भएर बसेका छोराका लागि अटो रिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन् । सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन् । तरकारी बजारसम्म पुर्‍याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ । घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाईले धानिएको छ ।

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै बेला निकै समस्या हुने गरेको उनी बताउँछन् । सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म डगौरा नपाएको बताउँछन् । “दातृ निकायले अगुवा कृषकहरूलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो”, उनले भने, “त्यही तालिममा सहभागी हुने मौका पाए, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरे, त्यसपछि तरकारीखेतीमा संलग्न भए ।”

विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बीउ प्रयोग गर्ने, कुन बेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन् । “बुबा, बाजेले अरू कहाँ कमैया बसेर कार्य गरे”, उनले भने, “मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरुगोठाला भएर काम गरे, तेह्र वर्षको उमेरदेखि नै गोरु जोत्न थाले, विद्यालय जानुपर्छ भन्ने थाहै भएन ।” कमैया बसेकै बेला त्यही विवाह भएको उनी बताउँछन् ।

कमैया मुक्तिको घोषणापछि सरकारले पुनः स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला मजदुरीमा काम गर्नु परेको उनी विगत सम्झिँदै बताउँछन् । गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेती सम्बन्ध तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थाले त्यसपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उनको भनाइ रहेको छ ।

महादेवकै जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फुलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन् । तरकारीखेतीको कमाईले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउँछन् । तरकारीखेती गर्ने सबैजनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ । व्यावसायिक तरकारीखेतीमा लागेका मुक्त कमैया परिवार भन्छन्, “बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पु¥याइनुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...