नेभिगेशन
सबै कुरा

एमाले सांसद ऋषिकेश जोडिएको सहकारीका १० जना विरुद्ध पक्राउ पुर्जी जारी, सांसद र उनकी पत्नी भने अनुसन्धान बाहिरै

विराटनगर । नेकपा एमालेका  सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४  घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसैगरी सञ्चालक समितिका सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Ncell
Extreme Energy

लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

तर यहि सहकारीको ठगी प्रकरणमा जोडिएकी संघीय संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता पोखरेलकी पत्नी अञ्जला कोइरालाका विषयमा भने अहिलेसम्म पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएको छ ।  सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गते  सहकारीबाट राजीनामा दिएकी थिइन् । उनी अहिले कालोसूचीमा छिन् ।

सहकारी सञ्चालक स्यंम सांसद पोखरेल नै भएपनि कागजीरुपमा भने उनले श्रीमतीको नाम राखेको सहकारीकै अन्य संचालक तथा सदस्यहरुले बताउँदै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’