नेभिगेशन
सबै कुरा

एमाले सांसद ऋषिकेश जोडिएको सहकारीका १० जना विरुद्ध पक्राउ पुर्जी जारी, सांसद र उनकी पत्नी भने अनुसन्धान बाहिरै

विराटनगर । नेकपा एमालेका  सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४  घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसैगरी सञ्चालक समितिका सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Extreme Energy

लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

तर यहि सहकारीको ठगी प्रकरणमा जोडिएकी संघीय संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता पोखरेलकी पत्नी अञ्जला कोइरालाका विषयमा भने अहिलेसम्म पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएको छ ।  सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गते  सहकारीबाट राजीनामा दिएकी थिइन् । उनी अहिले कालोसूचीमा छिन् ।

सहकारी सञ्चालक स्यंम सांसद पोखरेल नै भएपनि कागजीरुपमा भने उनले श्रीमतीको नाम राखेको सहकारीकै अन्य संचालक तथा सदस्यहरुले बताउँदै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।