नेभिगेशन
सबै कुरा

ताप्लेजुङमा केबलकार निर्माण विवाद : बिहानैदेखि झडप, तीनजना घाइते

काठमाडाैँ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार बनाउने विषयमा झडप हुँदा ३ जना घाइते भएका छन् । पाथीभरा मन्दिर जाने बाटोमा केबलकार बनाउने र नबनाउने विषयमा विवाद चर्किँदा २ पक्षबिच झडप भएको हो । झडपमा परि ३ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाथीभरा देवी मन्दिर जानका लागि केबलकार निर्माण गर्न ४ वर्षअघि नै निर्णय भएपनि विवादका कारण हालसम्म सो क्षेत्रमा केबलकार बनेको छैन । शुक्रबार निर्माणको जिम्मा पाएको कम्पनी शिलान्यासका लागि सो क्षेत्रमा पुगेपछि दुई पक्षबिच झडप भएको हो । 

Ncell
Extreme Energy

सो क्षेत्रमा एकपक्षले पुर्खाहरुले आफूहरुको पहिचान जोगाएको र अहिले आएर सो पहिचान मास्न खोजिएको भन्दै केबलकार बनाउन नदिने अडानमा छन् भने अर्को पक्ष मन्दिर जानका लागि केबलकार निर्माण गर्नुपर्ने अडानमा छन् । 

पहिचान पक्षधरहरुले प्रकृति मासेर धार्मिक स्थलमा विकास गर्न नहुने भन्दै नाराबाजीमा उत्रिएका छन् । यसअघि पनि उनीहरुले विभिन्न समयमा विभिन्न सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै आएका थिए । 

यहि विषयलाई लिएर शुक्रबार बिहानैदेखि विवाद सिर्जना भएको हो । विवाद झडपमा परिणत हुँदा सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

पाथीभराको काफ्लेपाटी भन्ने स्थानबा मन्दिरसम्म केबलबार बनाउन पाथीभरा दर्शन केबलकार प्रालिले अनुमति पाएको थियो । २ अर्ब ५५ करोड लागत अनुमान गरिएको सो केबलकार २.७४ किलोमिटर दूरीमा बन्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’