नेभिगेशन
सबै कुरा

ताप्लेजुङमा केबलकार निर्माण विवाद : बिहानैदेखि झडप, तीनजना घाइते

काठमाडाैँ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार बनाउने विषयमा झडप हुँदा ३ जना घाइते भएका छन् । पाथीभरा मन्दिर जाने बाटोमा केबलकार बनाउने र नबनाउने विषयमा विवाद चर्किँदा २ पक्षबिच झडप भएको हो । झडपमा परि ३ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाथीभरा देवी मन्दिर जानका लागि केबलकार निर्माण गर्न ४ वर्षअघि नै निर्णय भएपनि विवादका कारण हालसम्म सो क्षेत्रमा केबलकार बनेको छैन । शुक्रबार निर्माणको जिम्मा पाएको कम्पनी शिलान्यासका लागि सो क्षेत्रमा पुगेपछि दुई पक्षबिच झडप भएको हो । 

Extreme Energy

सो क्षेत्रमा एकपक्षले पुर्खाहरुले आफूहरुको पहिचान जोगाएको र अहिले आएर सो पहिचान मास्न खोजिएको भन्दै केबलकार बनाउन नदिने अडानमा छन् भने अर्को पक्ष मन्दिर जानका लागि केबलकार निर्माण गर्नुपर्ने अडानमा छन् । 

पहिचान पक्षधरहरुले प्रकृति मासेर धार्मिक स्थलमा विकास गर्न नहुने भन्दै नाराबाजीमा उत्रिएका छन् । यसअघि पनि उनीहरुले विभिन्न समयमा विभिन्न सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै आएका थिए । 

यहि विषयलाई लिएर शुक्रबार बिहानैदेखि विवाद सिर्जना भएको हो । विवाद झडपमा परिणत हुँदा सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

पाथीभराको काफ्लेपाटी भन्ने स्थानबा मन्दिरसम्म केबलबार बनाउन पाथीभरा दर्शन केबलकार प्रालिले अनुमति पाएको थियो । २ अर्ब ५५ करोड लागत अनुमान गरिएको सो केबलकार २.७४ किलोमिटर दूरीमा बन्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...