नेभिगेशन
सबै कुरा

कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्नु मिल्दैन: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने बताएका छन् । उनले कुनैपनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नहुने बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले Selective ढङ्गले हेर्न पाइँदैन। यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन,  विधिको विषय हो।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने उल्लेख गरेका छन् । र सबै जना अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।  ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस्  कानुन सबैको लागी बराबर हुनुपर्छ।’ उनले लेखेका छन्, ‘गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

Extreme Energy

महामन्त्री थापाले उनले आफू बन्द कोठाको बैठक, सार्वजनिक स्थानमा, सरकारमा वा प्रतिपक्षमा जहाँ भएपनि यो मान्यता विश्वास नबदलिने बताएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...