नेभिगेशन
सबै कुरा

कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्नु मिल्दैन: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने बताएका छन् । उनले कुनैपनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नहुने बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले Selective ढङ्गले हेर्न पाइँदैन। यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन,  विधिको विषय हो।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने उल्लेख गरेका छन् । र सबै जना अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।  ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस्  कानुन सबैको लागी बराबर हुनुपर्छ।’ उनले लेखेका छन्, ‘गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

Ncell
Extreme Energy

महामन्त्री थापाले उनले आफू बन्द कोठाको बैठक, सार्वजनिक स्थानमा, सरकारमा वा प्रतिपक्षमा जहाँ भएपनि यो मान्यता विश्वास नबदलिने बताएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।