नेभिगेशन
सबै कुरा

कांग्रेस एमाले सरकार ‘होपलेस’ भइसकेको छ: प्रचण्ड

चित्लाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकार कमजोर बनेको र आफैं ढल्न मात्रै बाँकी  रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको युवा जनवर्गीय सङ्गठन योङ्ग कम्युनिष्ट लिग ९वाईसीएल० को थाहा नगरपालिकाको दोस्रो अधिवेशन उद्‌घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले यो सरकार ओली र देउवाले मिलेर मात्रै नबनेको बताए । ‘यो सरकार भ्रष्टाचार र बेथितिको जगमा बनेको हो,’ प्रचण्डले भने, ‘गठबन्धन सरकारको सत्तो गइसकेको छ, उनीहरु होपलेस भइसकेका छन् । यसलाई अन्तिम धक्का दिन जरुरी छ ।’ 

Ncell
Extreme Energy

सम्बोधनकै क्रममा उनले सरकार प्रचण्डलाई जसरी पनि सिध्याउने षड्यन्त्रमा लागेको बताए । त्यसका विरुद्ध लड्न पार्टीले नयाँ अभियान चलाउन जरुरी भएको  र सोबारे छिट्टै पार्टी बैठकबाट निर्णय लिने पनि उनले बताए ।

नयाँ आन्दोलन भ्रष्टाचार र कुशासन विरुद्ध र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग प्राप्तिका लागि हुने उनले बताए । त्यसका लागि पार्टीले सबै देशै भरका स्थानीय तहमार्फत खबरदारी कार्यक्रम गर्ने पनि उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।