नेभिगेशन
सबै कुरा

कांग्रेस एमाले सरकार ‘होपलेस’ भइसकेको छ: प्रचण्ड

चित्लाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकार कमजोर बनेको र आफैं ढल्न मात्रै बाँकी  रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको युवा जनवर्गीय सङ्गठन योङ्ग कम्युनिष्ट लिग ९वाईसीएल० को थाहा नगरपालिकाको दोस्रो अधिवेशन उद्‌घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले यो सरकार ओली र देउवाले मिलेर मात्रै नबनेको बताए । ‘यो सरकार भ्रष्टाचार र बेथितिको जगमा बनेको हो,’ प्रचण्डले भने, ‘गठबन्धन सरकारको सत्तो गइसकेको छ, उनीहरु होपलेस भइसकेका छन् । यसलाई अन्तिम धक्का दिन जरुरी छ ।’ 

Extreme Energy

सम्बोधनकै क्रममा उनले सरकार प्रचण्डलाई जसरी पनि सिध्याउने षड्यन्त्रमा लागेको बताए । त्यसका विरुद्ध लड्न पार्टीले नयाँ अभियान चलाउन जरुरी भएको  र सोबारे छिट्टै पार्टी बैठकबाट निर्णय लिने पनि उनले बताए ।

नयाँ आन्दोलन भ्रष्टाचार र कुशासन विरुद्ध र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग प्राप्तिका लागि हुने उनले बताए । त्यसका लागि पार्टीले सबै देशै भरका स्थानीय तहमार्फत खबरदारी कार्यक्रम गर्ने पनि उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...