नेभिगेशन
सबै कुरा

वर्तमान सरकारले ७ बुँदे सहमति अनुसारकाे कुनै काम गरेनः शेखर कोईराला

काठमाडौँ । नेपाली काग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोईरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुदेँ सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन् । 

Ncell
Extreme Energy

नेता कोईरालाले वर्तमान सरकार संविधान संशोधन लगाएतका महत्वपुर्ण काम गर्ने गरी कांग्रेससंगको ७ बुदेँ सहमतिमा निर्माण भएको बताउदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए । संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए । कोईरालाले सात बुँदे सहमति कार्यान्वनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए । 

त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको विचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोईरालाले विपी कोईरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराव कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।