नेभिगेशन
सबै कुरा

वर्तमान सरकारले ७ बुँदे सहमति अनुसारकाे कुनै काम गरेनः शेखर कोईराला

काठमाडौँ । नेपाली काग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोईरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुदेँ सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन् । 

Extreme Energy

नेता कोईरालाले वर्तमान सरकार संविधान संशोधन लगाएतका महत्वपुर्ण काम गर्ने गरी कांग्रेससंगको ७ बुदेँ सहमतिमा निर्माण भएको बताउदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए । संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए । कोईरालाले सात बुँदे सहमति कार्यान्वनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए । 

त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको विचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोईरालाले विपी कोईरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराव कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...