नेभिगेशन
सबै कुरा

मानव तस्करीमा जोडिएका निवर्तमानमन्त्री अधिकारीलाई कागजात किर्तेमा अनुसन्धान हुने

काठमाडौं । मानव तस्करीको आरोपमा मुछिएका कोशीका निवर्तमानमन्त्री लिलाबल्लब अधिकारीलाई दिउसो २ बजे काठमाडौँ ल्याउन लागेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार विराटनगरमा पक्राउ परेको अधिकारीलाई विमान मार्फत काठमाडौँ ल्याउन लागिएको हो । नेकपा एमालेका तर्फबाट मोरङ २-ख बाट निर्वाचित उनी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । मन्त्री भएकै समयमा विचौलियाको सेटिङमै जापानका पुगेका उनले मन्त्रीले गर्नुपर्ने कुनै पनि औपचारिक प्रक्रिया पुरा गरेका थिएनन् ।

प्रहरी स्रोतका अनुसार मानव तस्करीमा जोडिएका अधिकारीलाई अनुसन्धान भने कागजात किर्तेमा गर्न लागिएको छ । मानव तस्करी सम्बन्ध अपराधको अनुसन्धान गर्न छुट्टै ब्युरो नै भएपनि उनलाई भने काठमाडौ प्रहरी परिसरले नक्कली कागजात बनाएको आरोपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

अधिकारी सहित जापानमा बोलाउँदै नबोलाइएको कार्यक्रममा गएका अन्य तीनजनाकाे बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । अन्य तीनजना विमानस्थलबाटै पक्राउ परे पनि अधिकारी भने फुत्तिएका थिए । तर समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको हो । उनीसहित जापानबाट फर्किएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पा अहिले हिरासतमा छन् । भने तस्करीको योजना बनाउने वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाल पनि पक्राउ परेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...