नेभिगेशन
सबै कुरा

मानव तस्करीमा जोडिएका निवर्तमानमन्त्री अधिकारीलाई कागजात किर्तेमा अनुसन्धान हुने

काठमाडौं । मानव तस्करीको आरोपमा मुछिएका कोशीका निवर्तमानमन्त्री लिलाबल्लब अधिकारीलाई दिउसो २ बजे काठमाडौँ ल्याउन लागेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार विराटनगरमा पक्राउ परेको अधिकारीलाई विमान मार्फत काठमाडौँ ल्याउन लागिएको हो । नेकपा एमालेका तर्फबाट मोरङ २-ख बाट निर्वाचित उनी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । मन्त्री भएकै समयमा विचौलियाको सेटिङमै जापानका पुगेका उनले मन्त्रीले गर्नुपर्ने कुनै पनि औपचारिक प्रक्रिया पुरा गरेका थिएनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी स्रोतका अनुसार मानव तस्करीमा जोडिएका अधिकारीलाई अनुसन्धान भने कागजात किर्तेमा गर्न लागिएको छ । मानव तस्करी सम्बन्ध अपराधको अनुसन्धान गर्न छुट्टै ब्युरो नै भएपनि उनलाई भने काठमाडौ प्रहरी परिसरले नक्कली कागजात बनाएको आरोपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

अधिकारी सहित जापानमा बोलाउँदै नबोलाइएको कार्यक्रममा गएका अन्य तीनजनाकाे बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । अन्य तीनजना विमानस्थलबाटै पक्राउ परे पनि अधिकारी भने फुत्तिएका थिए । तर समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको हो । उनीसहित जापानबाट फर्किएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पा अहिले हिरासतमा छन् । भने तस्करीको योजना बनाउने वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाल पनि पक्राउ परेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।