नेभिगेशन
सबै कुरा

जिउँदो रहुञ्जेल रास्वपाको सभापति रवि लामिछाने हो : उपसभापति डिपि अर्याल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहुञ्जेल राष्ट्रिय स्वतन्त्र पाटी सभापति रहने बताएका छन् । आइतबार पोखराको विरोध सभामा सम्बोधन गर्ने क्रममा उनले पार्टीको कार्यवहाक सभापति, सभापतिको विवाद गर्न आवश्यक नरहेको भन्दै सो अभिव्यक्ति दिएका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेको सन्दर्भलाई लिएर सभापति को भन्ने विषय आइरहेको र रवि लामिछाने नै रास्वपाको आजिवन सभापति रहेको बताएका हुन् । ‘यहि मञ्चबाट के भन्न चाहान्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो ।’, अर्यालले भने, ‘त्यसमा कसले कार्यवहाक सभापति पाउँछ वा पाउँदैन त्यो गौण कुरा हो ।’

त्यस्तै रवि लामिछाने जहाँ भएपनि सभापति लामिछाने नै पार्टीको सभापति रहेको र उनले नै पार्टीको नेतृत्व गर्ने बताए । ‘म तपाईँहरुलाई के विश्वस्त पार्न चाहान्छु भने उहाँको सभापति पद उहाँ जहाँ बसेपनि, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने नै हो । उहाँले नै पार्टीको नेतृत्व गरिरहनु हुनेछ ।’, उपसभापति अर्यालले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...