नेभिगेशन
सबै कुरा

जिउँदो रहुञ्जेल रास्वपाको सभापति रवि लामिछाने हो : उपसभापति डिपि अर्याल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहुञ्जेल राष्ट्रिय स्वतन्त्र पाटी सभापति रहने बताएका छन् । आइतबार पोखराको विरोध सभामा सम्बोधन गर्ने क्रममा उनले पार्टीको कार्यवहाक सभापति, सभापतिको विवाद गर्न आवश्यक नरहेको भन्दै सो अभिव्यक्ति दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेको सन्दर्भलाई लिएर सभापति को भन्ने विषय आइरहेको र रवि लामिछाने नै रास्वपाको आजिवन सभापति रहेको बताएका हुन् । ‘यहि मञ्चबाट के भन्न चाहान्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो ।’, अर्यालले भने, ‘त्यसमा कसले कार्यवहाक सभापति पाउँछ वा पाउँदैन त्यो गौण कुरा हो ।’

Ncell
Extreme Energy

त्यस्तै रवि लामिछाने जहाँ भएपनि सभापति लामिछाने नै पार्टीको सभापति रहेको र उनले नै पार्टीको नेतृत्व गर्ने बताए । ‘म तपाईँहरुलाई के विश्वस्त पार्न चाहान्छु भने उहाँको सभापति पद उहाँ जहाँ बसेपनि, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने नै हो । उहाँले नै पार्टीको नेतृत्व गरिरहनु हुनेछ ।’, उपसभापति अर्यालले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।