नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतकाे अनुमति

काठमाडाैँ । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि तीन पटकसम्म थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले आइतबार पुनः म्याद थपको माग गर्दै अदालत पेश गरेको थियो। अदालतले उनलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

Dish Home
Global Ime Bank

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रवि लामिछानेमाथि पहिलो पटक ५ दिनको म्याद थप गरिएको थियो भने दोस्रोपटक ७ दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो । त्यस्तै तेस्रोपटक १० दिनको म्याद थप गरेर अनुसन्धान गरेको प्रहरीले पुनः म्याद थप गर्न आइतबार अदालत पेश गरेको थियो । 

कास्की प्रहरीले सहकारी रकम अपचलनसँगै सम्पत्ती सुद्धिकरण, संगठित अपराधमा समेत लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
२०४६ पछिका सत्तासीनहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाउनुपर्छ: महामन्त्री थापा

२०४६ पछिका सत्तासीनहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाउनुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शक्तिशाली छानबिन आयोग बनाएर २०४६ को जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।
पर्यटनमन्त्री भन्छन्, ‘नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको छ’

पर्यटनमन्त्री भन्छन्, ‘नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् ।
जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

त्यसपछि आफ्ना कुरा अगाडि बढाएका सांसद सिंहले सरकारले आफ्ना मन्त्री भएका जिल्लामा मात्रै बजेट थुपरेको अन्य जिल्ला शून्य रहेको भन्दै आक्रोश पोख्छन् । त्यस्तै बजेट दिन नसक्ने भए...