नेभिगेशन
सबै कुरा

रास्वपा हाइकमाण्डको हिरासत छलफलः राजनीतिक प्रतिशोध बुझाउन सबै नेता कार्यकर्तालाई निर्देशन, उपनिर्वाचनबारे पनि छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्  ।

उपसभापतिद्वय डीपी अर्याल,डा.स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झाले सभापति लामिछानेसँग करिब ३० मिनेट प्रहरी कार्यालय भित्रै छलफल गरेका हुन् । छलफलमा लामिछानेले अनुसन्धानक्रममा सरकारले आफूमाथि गरेको प्रतिशोधपूर्ण व्यवहार बारे जानकारी गराएका थिए भने उपसभापतिद्धयले रास्वपाको चरणबद्ध आन्दोलन, उपनिर्वाचनको तयारी तथा पार्टीको आन्तरकि गतिविधीबारे जानकारी गराएको उपसभापति अर्यालले बताए । 


अर्यालयका अनुसार हिरासतबाट सभापति लामिछानेले रास्वपा माथि साँधिएको राजनीतिक प्रतिशोधबारे नागरिकलाई बुझाउन रास्वपाका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उपनिर्वाचनका रणनीतिमा समेत सभापतिले केहि निर्देशन दिएका छन् ।  

सभापतिसँगको छलफलपछि उपसभापति वाग्लले प्रतिशोध साध्नकै लागि सभापतिलाई अनावश्यक हिरासतमा राखिएको पुष्टि भएको दाबी गर्दै रास्वपाको अभियानलाई व्यापक बनाउने बताए । उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । ’

सुरुमा उपसभापतिद्वय अर्याल र वाग्ले मात्रै सहभागी छलफलमा पछि कार्यवहाक प्रवक्ता समेत रहेका केन्द्रिय सदस्य मनिषा झा पनि जोडिएका थिए । बैठकपछि झाले सभापतिसँग केहि महत्वपुर्ण छलफल भएकाले पहिले पार्टीमा छलफल गरेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए । 

राज्यले सभापति माथि गरको प्रतिशोधपूर्ण व्यवहार र बैठकमा भएको आगामी कदमबारे बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ, कार्यवहाक प्रवक्ता झाले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...