नेभिगेशन
सबै कुरा

रास्वपा हाइकमाण्डको हिरासत छलफलः राजनीतिक प्रतिशोध बुझाउन सबै नेता कार्यकर्तालाई निर्देशन, उपनिर्वाचनबारे पनि छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसभापतिद्वय डीपी अर्याल,डा.स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झाले सभापति लामिछानेसँग करिब ३० मिनेट प्रहरी कार्यालय भित्रै छलफल गरेका हुन् । छलफलमा लामिछानेले अनुसन्धानक्रममा सरकारले आफूमाथि गरेको प्रतिशोधपूर्ण व्यवहार बारे जानकारी गराएका थिए भने उपसभापतिद्धयले रास्वपाको चरणबद्ध आन्दोलन, उपनिर्वाचनको तयारी तथा पार्टीको आन्तरकि गतिविधीबारे जानकारी गराएको उपसभापति अर्यालले बताए । 

Ncell
Extreme Energy


अर्यालयका अनुसार हिरासतबाट सभापति लामिछानेले रास्वपा माथि साँधिएको राजनीतिक प्रतिशोधबारे नागरिकलाई बुझाउन रास्वपाका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उपनिर्वाचनका रणनीतिमा समेत सभापतिले केहि निर्देशन दिएका छन् ।  

सभापतिसँगको छलफलपछि उपसभापति वाग्लले प्रतिशोध साध्नकै लागि सभापतिलाई अनावश्यक हिरासतमा राखिएको पुष्टि भएको दाबी गर्दै रास्वपाको अभियानलाई व्यापक बनाउने बताए । उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । ’

सुरुमा उपसभापतिद्वय अर्याल र वाग्ले मात्रै सहभागी छलफलमा पछि कार्यवहाक प्रवक्ता समेत रहेका केन्द्रिय सदस्य मनिषा झा पनि जोडिएका थिए । बैठकपछि झाले सभापतिसँग केहि महत्वपुर्ण छलफल भएकाले पहिले पार्टीमा छलफल गरेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए । 

राज्यले सभापति माथि गरको प्रतिशोधपूर्ण व्यवहार र बैठकमा भएको आगामी कदमबारे बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ, कार्यवहाक प्रवक्ता झाले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।