नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई बुटवल लैजान बिहान ५ बजेनै विमानस्थल पुर्‍याइयो

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजान लागिएको छ । रास्वपा तथा लामिछानेका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै लामिछानेलाई बिहान ५ बजेनै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई बिहान ७ः०० को उडान मार्फत रूपन्देही लैजाने भनिएपनि अहिले ८ः४० सम्म उडान  नभएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरीले लामिछानेलाई बिहान ६ः३० मा विमानस्थलका लागि तयार हुन भने पनि ५ बजेनै विमानस्थल पुर्याएको थियो । अहिले पोखरा विमानस्थलको सुरक्षा कडा पारिएको छ ।

Everest cinsult

लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लैजान लागिएको हो । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। लामिछानेलाई बुटवल लैजाने भएपछि रास्वपा तथा लामिछाने समर्थकले दिउसो ११ बजेबाट बुटवलमा प्रदर्शन गर्दै छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

सम्बोधनमा क्रममा उनले भदौ २७ गते देशको जिम्मेवारी सम्हाल्दा मनमा डर र अनिश्चय भएको खुलाएकी छिन् ।  उनले भनिन्, ‘भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा...
गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ।
बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

संसदीय दलमा बालेनलाई निर्वाचित गरेपछि रविले बालेनलाई सफल कार्यकालको लागि बालेनलाई बधाई दिए । संसदीय दल र केन्द्रिय समितिको संयुुक्त बैठकलाई सम्बोधन गर्दै सभापति रविले भने, ‘उहाँलाई धेरै...
मन्त्रिपरिषद्लाई अन्तिम रुप दिन रवि र बालेन छलफलमा

मन्त्रिपरिषद्लाई अन्तिम रुप दिन रवि र बालेन छलफलमा

‘लगभग एक चरणको तयारी सकिएको छ । अन्तिम रूप दिन लागिएको मात्रै हो,’ एक शीर्षस्थ नेताले सिधाकुरासँग भने,‘ शुक्रबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको शपथ हुनेगरि आजै सबैकुरा टुङ्गोमा पुग्छ...