नेभिगेशन
सबै कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जहाजमार्फत रूपन्देही लगिदै (भिडियाे)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजान लागिएको छ । उनलाई पोखराबाट जहाजमार्फत रुपन्देही लैजान लगिएको हो । उनलाई बुद्ध एयरकाे जहाजमार्फत रुपन्देही लगिदै छ । रास्वपा तथा लामिछानेका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै लामिछानेलाई बिहान ५ बजेनै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुर्‍याइएको थियो । 

लामिछानेलाई बिहान ७ः०० को उडान मार्फत रूपन्देही लैजाने भनिएपनि ढिलागरी लगिएको हो । 

Dish Home
Global Ime Bank

लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लैजान लागिएको हो । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। लामिछानेलाई बुटवल लैजाने भएपछि रास्वपा तथा लामिछाने समर्थकले दिउसो ११ बजेबाट बुटवलमा प्रदर्शन गर्दै छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...
८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना...
प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।
जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।