नेभिगेशन
सबै कुरा

भैरहवामा भिजिविलिटी नहुँदा पोखराबाट उडेन जहाज, रविलाई विमानबाट झारेर प्रतिक्षा कक्ष लगियो

पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा लैजानका लागि बिहान ५ बजे पोखरा अन्तराष्ट्रिय विमानस्थल पुर्याइएपनि अहिलेसम्म उडान हुन सकिएको छैन । उनलाई केही समयअघि चढाईसकेको विमानबाट झारेर फेरि प्रतिक्षा कक्षमा लगिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई बुद्ध एयरको जहाजमा चढाइएको थियो । भैरहवामा भिजिविलिटी नभएको भन्दै रवि लामिछानेसहित सबैलाई विमानबाट  प्रतिक्षा कक्षमा लगिएको लामिछानेका स्वकीय सचिव अविनास आचार्यले जानकारी दिए । 

Extreme Energy

रास्वपा तथा लामिछानेका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै लामिछानेलाई बिहान ५ बजेनै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुर्‍याइएको थियो । त अहिलेसम्म उडान हुन सकेको छैन । 

लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लैजान लागिएको हो । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। लामिछानेलाई बुटवल लैजाने भएपछि रास्वपा तथा लामिछाने समर्थकले दिउसो ११ बजेबाट बुटवलमा प्रदर्शन गर्दै छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...