नेभिगेशन
सबै कुरा

दाङमा काठ काटेको आरोपमा वडा अध्यक्ष सहित ६ जना पक्राउ

दाङ । दाङमा सामुदायिक वनका काठ काटेको आरोपमा वडा अध्यक्ष सहित ६ जनालाई वन कार्यालयले नियन्त्रणमा लिएको छ । राजपुर गाउँपालिका–७ का वडा अध्यक्ष पुष्कर वली सहित ६ जना लाई  डिभिजन बन कार्यलय दाङ देउखुरीले आफ्नो नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०७९र८० तिर वडा अध्यक्षको मिलेमतोमा वनका रुख काटेको भन्ने अख्तियारमा परेको उजुरी परेको थियो । अख्तियार कार्यालयले सत्यतथ्य केहो छानविन गरि पठाउन भनेपछि डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले सोहि कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुशन्धान अधिकृत बनाएर घटनाको छानबिन गर्यो । अनुसन्धानका क्रममा त्यस सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुखहरु काटिएको प्रमाण भेटियो र उक्त कटान भएका काठको परिमाण करिब ३ सय क्युफिट हुन् आउने अनुशन्धानमा खटिएका वन अधिकृत चौधरीको भनाई छ । 

Ncell
Extreme Energy

सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौंटी, खयर प्रजातिका करिब ७४ वटा स–साना (बल्लाबल्ली साइजका)  रुखहरु काटेको उनीहरुलाई आरोप लागेको डिभिजन वन कार्यालय दाङ (देउखुरी) वन अधिकृत तथा सूचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिए। 

वडा अध्यक्ष वली सहित उनका सहोदर दाई घन बहादुर वली, घन बहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल रहेका छन । तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडा अध्यक्ष वली सहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउदा आलटाल गरेको, फोन सम्पर्कमा नआएको हुँदा डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सूचना अधिकारी चौधरीले सिक्टा पुगेरै नियन्त्रणमा लिन परेको चौधरीको भनाई छ । 

अहिले डिभिजन वन कार्यालय घोराही दाङको नियन्त्रणमा रहेका वडा अध्यक्ष वली सहितका मानिसलाई भोलि जिल्ला अदालतमा पेस गरिने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।