नेभिगेशन
सबै कुरा

दाङमा काठ काटेको आरोपमा वडा अध्यक्ष सहित ६ जना पक्राउ

दाङ । दाङमा सामुदायिक वनका काठ काटेको आरोपमा वडा अध्यक्ष सहित ६ जनालाई वन कार्यालयले नियन्त्रणमा लिएको छ । राजपुर गाउँपालिका–७ का वडा अध्यक्ष पुष्कर वली सहित ६ जना लाई  डिभिजन बन कार्यलय दाङ देउखुरीले आफ्नो नियन्त्रणमा लिएको हो । 

आर्थिक वर्ष २०७९र८० तिर वडा अध्यक्षको मिलेमतोमा वनका रुख काटेको भन्ने अख्तियारमा परेको उजुरी परेको थियो । अख्तियार कार्यालयले सत्यतथ्य केहो छानविन गरि पठाउन भनेपछि डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले सोहि कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुशन्धान अधिकृत बनाएर घटनाको छानबिन गर्यो । अनुसन्धानका क्रममा त्यस सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुखहरु काटिएको प्रमाण भेटियो र उक्त कटान भएका काठको परिमाण करिब ३ सय क्युफिट हुन् आउने अनुशन्धानमा खटिएका वन अधिकृत चौधरीको भनाई छ । 

सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौंटी, खयर प्रजातिका करिब ७४ वटा स–साना (बल्लाबल्ली साइजका)  रुखहरु काटेको उनीहरुलाई आरोप लागेको डिभिजन वन कार्यालय दाङ (देउखुरी) वन अधिकृत तथा सूचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिए। 

वडा अध्यक्ष वली सहित उनका सहोदर दाई घन बहादुर वली, घन बहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल रहेका छन । तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडा अध्यक्ष वली सहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउदा आलटाल गरेको, फोन सम्पर्कमा नआएको हुँदा डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सूचना अधिकारी चौधरीले सिक्टा पुगेरै नियन्त्रणमा लिन परेको चौधरीको भनाई छ । 

अहिले डिभिजन वन कार्यालय घोराही दाङको नियन्त्रणमा रहेका वडा अध्यक्ष वली सहितका मानिसलाई भोलि जिल्ला अदालतमा पेस गरिने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...