नेभिगेशन
सबै कुरा

आज पनि सकिएन रवि लामिछानेको बयान, भोलि बयान सकेर पोखरा फर्काउने तयारी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज पनि सकिएको छैन । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेसँग आज बिहान सवा १० बजेदेखि जिल्ला सरकारी वकिलकाे कार्यालय रुपन्देहीमा बयान लिन सुरु गरिएको थियो । लामिछानेसँग हिजो मौखिक बयान लिइएको थियो भने आज लिखित बयान लिइएको हो । साँझ ७ बजेसम्म पनि उनको बयान नसकिएपछि फेरि भोलि लिइने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोलि बयान सकेर साँझसम्म लामिछानेलाई पोखरा लैजाने तयारी प्रहरीले गरेको छ । 

Ncell
Extreme Energy

हिजो बयान सकेर बार्दलीबाट रवि लामिछानेले ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । आज उनलाई बोल्न नदिनका लागि प्रहरीले कार्यालय गेटदेखि बयान कक्षसम्म घेरा लगाएर भित्र छिराएको थियो । त्यस्तै बयान कक्षबाट निस्कदा पनि प्रहरीले उस्तै घेरा बनाएको थियो । रविले प्रतिक्रिया दिन नपाउन भनेर सञ्चारकर्मीले भिडियो खिच्न नसक्नेगरी छेकिएको थियो । उनलाई बयान कक्षबाट निकाल्दै गर्दा समर्थकहरुले सरकारी वकिलको कार्यालयअघि नाराबाजी गरेका थिए । 

लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ । भोलि बयान सकेर साँझसम्ममा पोखरा लैजाने प्रहरीको तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...