नेभिगेशन
सबै कुरा

आज पनि सकिएन रवि लामिछानेको बयान, भोलि बयान सकेर पोखरा फर्काउने तयारी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज पनि सकिएको छैन । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेसँग आज बिहान सवा १० बजेदेखि जिल्ला सरकारी वकिलकाे कार्यालय रुपन्देहीमा बयान लिन सुरु गरिएको थियो । लामिछानेसँग हिजो मौखिक बयान लिइएको थियो भने आज लिखित बयान लिइएको हो । साँझ ७ बजेसम्म पनि उनको बयान नसकिएपछि फेरि भोलि लिइने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोलि बयान सकेर साँझसम्म लामिछानेलाई पोखरा लैजाने तयारी प्रहरीले गरेको छ । 

Extreme Energy

हिजो बयान सकेर बार्दलीबाट रवि लामिछानेले ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । आज उनलाई बोल्न नदिनका लागि प्रहरीले कार्यालय गेटदेखि बयान कक्षसम्म घेरा लगाएर भित्र छिराएको थियो । त्यस्तै बयान कक्षबाट निस्कदा पनि प्रहरीले उस्तै घेरा बनाएको थियो । रविले प्रतिक्रिया दिन नपाउन भनेर सञ्चारकर्मीले भिडियो खिच्न नसक्नेगरी छेकिएको थियो । उनलाई बयान कक्षबाट निकाल्दै गर्दा समर्थकहरुले सरकारी वकिलको कार्यालयअघि नाराबाजी गरेका थिए । 

लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ । भोलि बयान सकेर साँझसम्ममा पोखरा लैजाने प्रहरीको तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।
श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...