नेभिगेशन
सबै कुरा

असोज २२ देखि दसैँका लागि अग्रिम टिकट खुल्ला

काठमाडाैँ : दसैँका लागि सार्वजनिक सवारी साधनमा असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । 

City Express

यसअघि व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए तर मन्त्रीसँगको छलपछि भने पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने व्यवसायी सहमत भएका हुन् । 

त्यस्तै केही दिनयताको अविरल वर्षाका कारण बिग्रिएका सडकको मर्मत तत्काल गर्न समेत मन्त्री ज्वालाले निर्देशन दिएका छन् । 

अघिल्ला वर्षहरुमा काठमाडौं उपत्यकाबाट दसैँको समयमा करिब २० लाख यात्रु बाहिरिने गरेको तथ्यांक रहेको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंगै बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम...
वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू दिनुपर्छः प्रधानमन्त्री

वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू दिनुपर्छः प्रधानमन्त्री

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताएकी हुन ।
गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले सो कुराको जानकारी दिएका हुन । कर्तव्य ज्यान मुद्दा ठहर भएकी धनकुटाकी पदममायालाई प्रहरी र कारागारको लापरबाहीका कारण...