नेभिगेशन
समाज

त्रिशूली–३बीमा एक्स्काभेटर र ब्याकहो लोडरबाट खोजी तीव्र

काठमाडौँ । भोटेकोशी बाढीपछि त्रिशूली–३बी जलविद्युत आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी खोज तथा उद्धारलाई तीव्रता दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीबाट प्रभावित आयोजनाको आवासगृह, कार्यालय भवन तथा टनेल क्षेत्रमा भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भइरहेको छ। टोलीले पावरहाउस क्षेत्रतर्फ समेत खोजीकार्य अघि बढाएको छ।

Marvel
Extreme Energy

खोज तथा उद्धार अपडेटअनुसार आयोजनाको संरचनामा बाढीले पुर्‍याएको क्षतिका कारण मेसिन प्रयोग गरी भग्नावशेष हटाउँदै खोजी भइरहेको हो। नेपाली सेनासहितको संयुक्त टोलीले आयोजनाका विभिन्न संरचनामा सम्भावित व्यक्तिको खोजी गरिरहेको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा जमिन तथा हवाई माध्यमबाट खोज तथा उद्धार जारी छ। नेपाली सेनाको हवाई साधनमार्फत सोमबार मात्रै २० जनाको उद्धार गरिएको छ। विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म चार हजार १७७ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ८९४ नेपाली र २८३ विदेशी नागरिक छन्।

रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। लाङटाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले ड्रोनमार्फत टनेलभित्र खोजी गरे पनि हालसम्म केही फेला परेको छैन।

चिलिमे हाइड्रोमा एक्स्काभेटर र लोडर प्रयोग गरी करिब १०० मिटर भग्नावशेष हटाइएको छ। टनेलभित्र पानी भेटिएपछि पानी हटाउने काम भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले टनेलभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। स्याफ्रुबेसीलाई स्थलमार्गबाट धुन्चेसम्म जोड्न खोला वारपार गर्ने तुइनसमेत जडान गरिएको छ।

माथिल्लो त्रिशूली–१ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिले खोजी जारी राखेका छन्। त्रिशूली–३ए को पावरहाउस तथा टनेल क्षेत्रमा पनि संयुक्त टोलीले खोजी गरिरहेको छ।

जमिनबाट हुने खोज तथा उद्धारअन्तर्गत रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेसी क्षेत्रमा तीनवटा समूह परिचालन गरिएको छ।

त्यस्तै, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म पनि खोज, उद्धार तथा राहतका काम जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।