नेभिगेशन
समाज

अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालको गेटमै प्रसूति गर्नुपरेकी सप्तरीकी बविताकुमारी पासवानको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन्। उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

Ncell
Extreme Energy

अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ। पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको छ।

मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे पनि जानकारी लिएका छन्। अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाको व्यवस्थापनका विषयमा पहल गर्ने उनले बताए।

अस्पतालको गेटमै प्रसूति गराउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा पनि मन्त्री पोखरेलले अस्पताल प्रशासनसँग जानकारी लिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।
रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने

रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।