नेभिगेशन
सबै कुरा

लालझाडीमा जङ्गली हात्तीको उपद्रोः सयौँ बिघा बालीमा नोक्सानी, १ जनाको मृत्यु

कञ्चनपुर । लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र राखेका अन्न, खेतमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्याउन थालेकाले ज्यान जोगाउन समस्या भएको स्थानीयको गुनासो छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिकाको वडा नं ३ र ४ मा हात्तीको बथानले उखुबालीमा ठूलो क्षति पुर्याएको छ । एक महिनादेखि लालझाडी संरक्षण क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै समूहमा आउने हात्तीले क्षति पुर्याउन थालेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । “हात्तीको आक्रमणमा परेर एक जनाले ज्यान गुमाइसकेका छन् । स्थानीय बासिन्दाका आधा दर्जन बढी घर भत्काइदिएको छ, घरभित्र राखेको अन्न खाएर बिजोग बनाएको छ”, उनले भने । 

Ncell
Extreme Energy

केही दिनअघि हात्तीले आक्रमणबाट स्थानीय रामदल रानाको ज्यान लिएपछि स्थानीय बासिन्दा भगाउनका लागि डराउने गरेका हुन् । एक महिनाको अवधिमा हात्तीको बथानले स्थानीय किसानको ८० बिघा बढी क्षेत्रफलमा लगाएको उखुबाली खाएर पूर्ण रूपमा क्षति पुर्याएको अध्यक्ष रानाको भनाइ छ । उनका अनुसार सिगलपट्टिमा तीन घर, दुई गोठ, पर्सियामा दुई घर, डुङ्गामा एक घर भत्काएर पूर्ण क्षतिग्रस्त बनाइदिएको छ । किसानले बैंकबाट कर्जा लिएर गरेको उखुबाली हात्ती सखाप पारेको उल्लेख गर्दै अध्यक्ष रानाले स्थानीयलाई जीउज्यान जोगाउन मुस्किल हुन थालेको बताए ।  

गाउँपालिकाको वडा नं ३ का किसान खडक चौधरीले एक बिघा जग्गामा लगाएको पूरै उखुबाली हात्तीले नोक्सानी गरेपछि सहकारीबाट खेती गर्दा लिएको कर्जा तिर्न समस्या भएको बताए । 

हात्तीले लालझाडी संरक्षण क्षेत्रमा भर्खरै छावा (बच्चा) जन्माएकाले त्यो क्षेत्र छाडेर नजाने गरेको वडा नं ३ का अध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार दिउँसोपख बस्ती नजिकैको वनक्षेत्रमा रहने हात्ती साँझ नपर्दै उखुबारीमा पस्ने गरेका छन् । वडामा हालसम्म हात्तीको बथानले ३५ जना किसानको २० बिघा जग्गाको उखुबालीमा व्यापक नोक्सानी गरेको उउनले बताए ।

वडा नं ४ का अध्यक्ष बहादुर राना स्थानीय बासिन्दाको घर, उखुबाली, तोरीबाली जोगाउन स्थानीय बासिन्दासँगै रातभर जाग्राम बसेर हात्ती भगाउने कार्यमा सङ्लग्न रहँदै आएको बताए । थप क्षति हुनबाट जोगाउन हात्ती नियन्त्रण गरी जीउधनको सुरक्षा गरिदिनका लागि उनले सुरक्षा निकायसँग अनुरोध गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...