नेभिगेशन
सबै कुरा

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै , मुख्यमन्त्रीमै कायम रहने सम्भावना कम

असोज २० विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम आज मत लिँदै छन् । तर अहिलेसम्म विश्वासको मत पाउने सम्भावना छैन् ।

Ncell
Extreme Energy

विश्वासको मत लिन दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा एमालेसँग उपसभामुख बाहेक ३९ जना सांसद छन् ।

सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले सभा चलाउँदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ ।

६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ । राप्रपा सहभागी भए कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत पुग्नेछ । उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यावधि निर्वाचन हुनेछ ।

यस अघि एमालेसँग रहेको राप्रपाले अहिले विश्वासको मत नदिने देखिएको छ । राप्रपाका नेताहरूले कार्कीले विश्वासको मत पाउने आधार देखाए मात्रै मत दिने नभए, राप्रपा तटस्थ बस्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...