नेभिगेशन
सबै कुरा

बझाङ केन्द्रविन्दु भएर चार दिनमा १५ पटक भूकम्प

२० असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।

आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ ।

City Express

“सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, “मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छन् ।” 

सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन् । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो । असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो । बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंगै बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम...
वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू दिनुपर्छः प्रधानमन्त्री

वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू दिनुपर्छः प्रधानमन्त्री

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताएकी हुन ।
गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले सो कुराको जानकारी दिएका हुन । कर्तव्य ज्यान मुद्दा ठहर भएकी धनकुटाकी पदममायालाई प्रहरी र कारागारको लापरबाहीका कारण...