नेभिगेशन
सबै कुरा

सरकारका मन्त्री ३८ पटक कालोसूचीमा पर्नुलाई कसरी बुझ्ने ?


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । नेपाल सरकारका ठेकेदार मन्त्री पुर्ण बहादुर तामाङ उर्फ कान्छाराम तामाङ आर्थिक रुपमा टाट पल्टिएको विषय सिधाकुराले प्रकाशन गरिसकेको छ । नेपाल सरकारका वर्तमान उर्जा तथा जलस्रोत राज्यमन्त्री रहेका तामाङ २०७७ सालयता कर्जा सूचना केन्द्रको ३८ पटक कालोसूचीमा परिसकेका छन् ।

CG

ओली सरकारका ‘कामचोर ठेकेदार मन्त्री’: ६ अर्बका ठेक्का अलपत्र, बैंकिङ कारोबारमा पनि पटक पटक कालो सूचीमा (भिडियाे)

६ अर्ब माथिका ठेक्का होल्ड गरेर बसेका ठेकेदार मन्त्री ३ दर्जन बढी पटक कालोसूचीमा परेपछि हामीले एउटै व्यक्ति पटकपटक कालोसूचीमा कसरी पर्छन् भनेर कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरलाई सोधेका थियौँ । उनका बैंकिङ कारोबारमा नियोजित कसुर गर्ने मानिस पटक पटक कालोसूचीमा पर्छन् । कालोसूचीमा परेको मान्छेले आफ्नो व्यवहार मिलाएमा उ कालोसूचीमुक्त हुने कुँवर बताउँछन् । तर एउटै मानिस करिब ५ वर्षयता एकपछि अर्को गर्दै कालोसूचीमा चढ्नु र कालोसूचीबाट नहट्नु चाहिँ गम्भीर विषय हो । एउटै व्यक्ति पटक पटक कालोसूचीमा पर्नुले त्यो व्यक्ति टाट पल्टिएको र फाइनान्सियल क्राइसिसको चरम उत्कर्षमा रहेको बुझिने उनले बताए । यस्तो छ उनीसँग गरिएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश । 

कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने भनेको के हो ? कसरी राखिन्छ कालोसूचीमा ? एउटै व्यक्ति कालोसूचीमा पटकपटक कसरी पर्छ ?

एउटा ‘क’ भन्ने  व्यक्तिले एउटा चेक इस्यू गर्यो । चेक इस्यू गर्ने व्यक्तिले दिएको चेट साट्न जाँदा ३ पटकसम्म चेक बाउन्स भएपछि त्यो व्यक्ति कालोसूचीमा पर्छ । 

३ पटक बाउन्स भएपछि बैँकले हामीलाई ३ पटक चेक बाउन्स भयो, कालोसूचीमा राखिदिनुहोस भनेर निवेदन पठाउने भयो । निवेदनका आधारमा हामीले कालोसूचीमा राखेपछि त्यो कालोसूचीमा पर्ने भयो । कालोसूचीमा राखेपछि हामीले उसलाई ब्ल्याकलिस्ट नम्बर दिन्छौँ । 


यदि उनले बैंकबाट ऋण लिएको होला । उसले भनेको समयमा पैसा तिर्न सकेन, १ वर्षपछि तिर्छु भन्यो भने बैँकले फेरी उसलाई कालोसूचीमा पठाउन पायो । यसको मतलब बैँकको किस्ता नतिर्दा पनि कालोसूचीमा पठाउन सकिन्छ । त्यो निवेदन दिएपछि उसलाई पुनः ब्ल्याकलिस्टमा राखिन्छ र त्यो २ नम्बरको ब्ल्याकलिस्ट हुन्छ । 

त्यस्तै उ कसैको कारोबारमा ग्यारेन्टर बसेको छ र जसको ग्यारेन्टर बसेको छ उ कालोसूचीमा परेपछि, ग्यारेन्टर स्वतः कालोसूचीमा पर्ने भयो । त्यसमा उनी अर्को नम्बरबाट कालोसूचीमा पर्ने भन्ने हुन्छ । 

यदि कम्पनीका नामबाट वा भनौँ सेयर होल्डर भएर ऋण लिएको छ र तिर्न सकेन भने अर्को कालोसूचीमा पर्ने हुन्छ । 

यसरी एउटै व्यक्ति विभिन्न कारोबारमा सहभागी भएर पटकपटक बैंकिङ कारोबारमा बदमासी गर्छ भने त्यो व्यक्ति त्यसैगरी धेरैपटक कालोसूचीमा पर्न सक्छ । एकपटक कालोसूचीमा पर्दा त्यो व्यक्तिको कालोसूची नम्बर एउटा हुन्छ भने अर्कोपटक पर्दा अर्कै हुन्छ, यसरी एउटै व्यक्ति धेरै पटक कालोसूचीमा पर्न सक्छ ।

कालोसूचीबाट कोही व्यक्ति हटे नहटेको कसरी थाहा पाउन सकिन्छ ?

यदि एउटा व्यक्ति आजसम्म कालोसूचीमा छ । उसको नाम र कालोसूची नम्बर कालोसूची लिस्टमा छ तर भोलि हेर्दा त्यो नाम र नम्बर भएको व्यक्ति सो सूचीबाट हटेको छ भने त्यो व्यक्ति कालोसूचीबाट हट्यो भन्ने मान्नुपर्छ । आज कालोसूचीमा भएको व्यक्ति भोली बिहान कालोसूचीबाट हट्न सक्छ । 

कालोसूचीमा परेको व्यक्तिले कुनै बैंकबाट बैंकिङ सुविधा लिन पाउँछन् ?

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि त बैंकिङ सुविधा लिनै पाइएन नि । एउटा बैंकको सिफारिसका आधारमा कोही व्यक्ति कालोसूचीमा परेको छ भने उनले अन्य बैंकबाट पनि कुनै बैंकिङ सुविधा लिन पाउँदैन । 

राष्ट्र बैंकको निर्देशिकाले के भन्छ भने, कुनै पनि व्यक्ति वा संस्था कर्जा सूचना केन्द्रको  कालोसूचीमा परेको हो भने त्यस्तो व्यक्ति वा संस्थाको कुनै अन्य बैँकमा बैंक खाता छ भने त्यो पनि स्वत कालोसूचीमा पर्छ ।

जुन बैंकले सिफारिस गर्यो त्यसमा त कालोसूची पर्ने नै भयो । तर कर्जा सूचना केन्द्रमा कालोसूचीमा परिसकेपछि त्यो सबै बैंकमा सूचना जान्छ र कुनै बैंकमा त्यो व्यक्ति वा संस्थाको खाता छ भने त्यो बन्द गर्दिनुपर्ने हुन्छ र बन्द हुन्छ । 

बैंकले खाता बन्द गरिदिएपनि खातामा आउने पैसा भने आउँछ तर निकाल्न मिल्दैन । तर यदि कोही व्यक्तिलाई जरुरी पैसा आवश्यक पर्दा, जस्तै कुनै सरकारका निकायलाई तिर्नुपर्ने दस्तुर, राजस्व तिर्नुपर्ने, कर तिर्नुपर्ने छ भने निकाल्न पाइयो । तर यो निकाल्न पाइने रकमको सिमा यति हो भनेर तोकेको छैन, यद्यपी अदालतमा मुद्दा पर्यो र अदालतले निकाल्ने देउ भने फैसला वा आदेश गर्यो भने त निकाल्न पाइन्छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूची र कर्जा सूचना केन्द्रको कालोसूचीको केही सम्बन्ध छ ?

त्यस्तै छैन, सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि ठेक्का सम्झौताअनुरुप काम भएन भने त्यस्तो व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्छ तर हामीचाहीँ हामीसँग रहेका १२९ वित्तिय संस्थामा वित्तिय कारोबारमा बदमासी गर्नेलाई कालोसूचीमा राख्छौँ । कस्ता बदमासी भन्ने त अघिनै हामीले कुरा गरिहाल्यौँ ।

एउटै व्यक्ति ३० पटक भन्दा धेरै कालोसूचीमा परेको विषयलाई कसरी लिन सकिन्छ ?

त्यो त टाट पल्टिएसरह हो । यसले कुनै व्यक्ति वा संस्था फाइनान्सियल क्राइसिसको चरम उत्कर्षमा छ भन्ने बुझ्नुपर्ने हुन्छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डा.स्वर्णिम वाग्लेविरुद्ध योजनावद्ध धार्मिक दुुष्प्रचार, २ दिनमा १३५ पटक विकिपिडिया एडिट

डा.स्वर्णिम वाग्लेविरुद्ध योजनावद्ध धार्मिक दुुष्प्रचार, २ दिनमा १३५ पटक विकिपिडिया एडिट

त्यसो त डा.वाग्ले गोरखामा बुुंकोटमा हिन्दु पण्डित परिवारमा जन्मिएका नेता हुुन् । उनका हजुरबुुबा बुुद्धी बिलास वाग्ले पण्डित थिए । हिन्दु पण्डित परिवारमा जन्मिएका वाग्ले धार्मिक रुपले हिन्दु...
फास्ट ट्रयाकमा २०८३ भित्रै कुद्ला गाडी ? प्रगति ‘स्लो’ कि ‘फास्ट'

फास्ट ट्रयाकमा २०८३ भित्रै कुद्ला गाडी ? प्रगति ‘स्लो’ कि ‘फास्ट'

आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना...
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली