नेभिगेशन
सिधाकुरा विशेष
विशेष सम्पादकीय:

खरानीको थुप्रोमा बतास लाग्न नदिऔं

नेपाल र नेपालीलाई माया गर्ने प्रिय देशवासी तथा विदेशमा रहेका आमा, बुबा, दाजु, भाई दिदी-बहिनीहरू । देश अहिले अत्यन्तै कठिन घडीमा आइपुगेको छ ।
स्थायी र अस्थायी दुवै सत्ताका संयन्त्र शून्य भएको छ । हिजोका सत्ता र संरचना मात्रै होइन हाम्रो धरोहर र वर्षौँदेखि आर्जित ऐतिहासिक सम्पत्ति पनि अब खरानी मात्रै बाँकी छ । 
एक आपसमा विश्वास कायम गर्नु र सद्भावको डोरीले मुलुकलाई बाँधेर जोगाउनु अब हामी सबैको एक मात्रै दायित्व बाँकी छ । आन्दोलनले आफ्नो उद्देश्य पुरा गरेको छ । तर, अब हामीले एक सचेत नागरिकका रुपमा हाम्रो खास दायित्व पुरा गरेर आन्दोलनमा शहिद भएकाहरुको आत्मा, घाइतेको घाउ र दुखेको देशलाई मल्हम लगाउने बेला आएको छ। 

यो विषम परिस्थितिमा हामीले हाम्रो घर देखि टोल, समाज, कार्यालय, गाउँ हुँदै सहरसम्म आफैंले आफैंलाई सम्हाल्न सकेनौँ भने इतिहासकै खराब समय झेल्न अब टाढा जानु पर्दैन ।

CG

त्यसैले एक जिम्मेवार समाचार संस्थाको रुपमा हामी यहाँहरु सबैलाई विनम्र पूर्वक अनुरोध गर्छौँ सामाजिक भाइचाराका लागि हामी सबै तयार होऔं । राज्य शून्यताको अवस्थाबाट परिवार, समाज र राष्ट्रलाई जोगाऔँ । 

नेपाली सेना नेतृत्वको वर्तमान राष्ट्रिय सुरक्षा संयन्त्रलाई पूर्ण विश्वास, भरोसा र स्वीकार गरौँ । यही संविधान र देशको गणतान्त्रिक व्यवस्थाबाट उन्नत राजनीतिक थिति बसाल्न सेनाको रचनात्मक र समन्वयकारी भूमिकाका लागि खबरदारी गरौँ । देशको सार्वभौमिकता र आन्तरिक सुरक्षाका लागि बर्दी बिनाको सेनाका रुपमा निस्वार्थ नागरिकको कर्तव्य पालना गरौँ । 

एउटा गलत सूचना सिंहदरबारमा झोसिएको आगोको मुस्लो भन्दा पनि भयानक हुनसक्छ भन्ने हेक्का राखौँ । तपाईंसँग आफ्नै आँखाले देखेको र आफैंले प्रमाणित गरेको तथ्य सूचना छैन भने हल्लाका कुरा समाज र सञ्जालमा नफैलाऔँ ।

राजनीतिक वा गैरराजनीतिक मान्छेले राजनीतिक द्वेष र विभाजनका कुरा आजै छोड्नुहोस् । सबै राम्रो हुन्छ । अब ठिक हुन्छ भन्ने राम्रो सन्देश बाँड्नुहोस् । हिंसा, विभाजन, द्वेष र भ्रामक सूचना फैलाउने आफ्नैलाई पनि रोक्नुहोस् ।

राज्यको विशेष प्राथमिक क्षेत्रका आपत्कालीन र आपूर्ति व्यवस्थामा तपाई कार्यरत हुुनुहुन्छ भने त्यसलाई सूचारु गर्न भरपुर सहयोग गर्नुहोस् । तपाईको वरपरको असहायलाई पहिचान गरेर सहयोगको हात फैलाउनुहोस् । आन्दोलनले अस्वीकार गरेका राजनीतिक दल र संस्था कुण्ठाबाट परै रहनुहोस् । 

आन्दोलनले स्वीकार गरेका राजनीतिक दल र संस्थाले देश र आन्दोलनको मर्म बुझेर सहकार्य र सहमतिको राजनीति थाल्नुहाेस् । देश जलेर धुवाँले आकाश धुम्म छ, धर्तीमा खरानीको थुप्रो छ। खरानीको थुप्रोमा बतास लाग्न नदिऔं । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
रवि र बालेनले प्रधानमन्त्री पदबारे छलफल गरेका थिए ?

रवि र बालेनले प्रधानमन्त्री पदबारे छलफल गरेका थिए ?

नेताहरूका अनुसार रवि, बालेन, कुलमान लगायतका वैकल्पिक शक्ति मिल्दा हुने क्षतिसँग डराएकाहरु रवि बालेन भेटलाई पद बाँडफाडसँग जोडेर विषयान्तर गरिरहेका छन् । तर, भेटको मुख्य उद्देश्य राजनीतिक स्थिरताका...
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश...
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...

भर्खरै